गुल्मीमा फेरि हिमपात

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

लक्ष्मी अर्याल । फागुन १५, गुल्मी । पहाडि जिल्ला गुल्मीमा मङ्लबार रातिदेखि हिमपात भएको छ । जिल्लाको उच्च क्षेत्रमा यसपटक चौंथोपटक हिमपात भएको छ । गुल्मी सदरमुकाम नजिकै रहेको धार्मीक तथा पर्यटकिय स्थल रेसुङ्गा, मालिका गाउपालिकाको अर्खावाङ,छापहिले,त्यस्तै मदाने गाउपालिकाको अग्लुङ लगाएतका क्षेत्रमा हिमपात भएको बताइएको छ ।

पहिलापहिला वर्षेनि हिउं परेपनि यसपटक भने १२ वर्ष पछि हिउँ परेको हो । मध्य फागुनमा भारि वर्षा र हिमपातका कारण स्थानियको जनजीवन प्रभावित बनेको छ । रातिदेखि भैरहेको वर्षा र हिमपातका कारण स्थानिए बासिलाइ सास्ती भएको छ । तम्घास बजारमा पनि चहलपहल कम देखिएको छ । वर्षासँगै हिमपातले जिल्लाका सामुदाइक तथा निजि विद्यालयको पठनपाठन समेत प्रभावित भएको छ ।

त्यस्तै हिँउ र लालिगुरास एकैपटक देख्न पाउँदा स्थानिय अचम्मीत भएका छन् । हिउँ पर्ने पुष माघ र चैत महिनामा गुराँस फूल्ने सिजन हो  । रेसुङ्गा क्षेत्रमा पाइने गुराँस रेडाड्रेन्डल प्रजातिको भएको र सो फाल्गुनको अन्त्य बाट फुल्न सुरुगर्ने सहायक वन अधिकृत मदन ढुङ्गानाले बताउनुभयो । पृथ्वीको तापक्रम बढ्नु र जलवायु परिवर्तनले माघमै गुराँस फुल्न थालेको हो ढुङ्गानाले भन्नुभयो । जलवायु परिवर्तनको प्रभाव यतिवेला विश्वमानै  परिरहेको छ । बैशाक जेष्ठमा समेत नसुक्ने जिल्लाका पानिका स्रोतहरु यतिवेला सुक्न थालिसकेका छन् ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply