फागुन २३, राजविराज | हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा आज सात जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजको संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानबाट विद्युत् चोरी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट एक थान पानी तान्ने मोटर, एक थान साउन्ड बक्स र एक थान पङ्खा पनि बरामद गरिएको केन्द्रका प्रमुख चन्द्रनारायण साहले जानकारी दिनुभयो ।

विद्युत् ऐनअनुसार उनीहरुबाट रु १५ हजार ५०२ जरिवाना असुल गरी कारवाही गरेको पनि उहाँले बताउनुभयो । रासस

March 7, 2019
सप्तरी - SPT, समाज
विद्युत् चोरीको आरोपमा सात पक्राउ
By kit
2 मिनेट पढाइ