पढ्न करिब 1 मिनेट लाग्छ
<p>फागुन २७, सप्तरी । सप्तरीमा एक जना युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी २० बर्षीया युवतीको शव कम्मरदेखि तलको भाग पानीमा भएको अवस्थामा फेला परेको हो ।<br></p><p>हनुमाननगर कंकालनी नगरपालिका १ भारदहस्थित कोशी व्यारेजदेखि ८ सय मिटर दक्षिणमा फेला परेको हो ।</p><p>पहाडे मूलको जस्तो देखिने र घाँटीमा पहेलो धातुको सिक्री लगाएको अवस्थामा ती युवतीको शव फेला परेको र यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।</p>

