२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

सामाजिक सुरक्षा भत्ता घरघरमै

२०७५, २८ फाल्गुन मंगलवार ०५:४३

फागुन २८, खस्यौली | बुटवल उपमहानगरपालिकाले अशक्त र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ । 

बुटवलको वडा नं १ ले वडामा रहेका ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर भत्ता हस्तान्तरण गरेको छ । वडाध्यक्ष महेन्द्रप्रसाद लिगलले त्यहाँको नारायणथान टोलस्थित १०४ वर्षीया सेतीलक्ष्मी श्रेष्ठलाई चार महीनाको रु आठ हजार बराबरको सुरक्षा भत्ता हस्तान्तरण गर्नुभयो । 

घरमै सामाजिक सुरक्षा भत्ता पाउँदा वडाका ज्येष्ठ नागरिक निकै खुशी भएका थिए । “वडाध्यक्षले घरमै आएर सामाजिक सुरक्षा भत्ता दिनुभयो, मलाई निकै खुशी लाग्यो”, वडा नं १ का ज्येष्ठ नागरिक जुलेखा खातुनले भन्नुभयो । 

खातुनजस्तै चन्द्रमान शाक्य, पूर्णमान श्रेष्ठ, लोकबहादुर रणपाल, श्रीराम अग्रहरिसहित २७ लाई उहाँहरुकै घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइएको वडाध्यक्ष लिगलले जानकारी दिनुभयो । 

त्यस अवसरमा जनप्रतिनिधि, वडाध्यक्ष लिगलसहित मदनकुमार श्रेष्ठ, सतिष कषौधन, विष्णु नेपाली, वडासचिव गोकुल ज्ञवाली र सामाजिक परिचालिका विमला राजभण्डारीलगायतले ज्येष्ठ नागरिकको घरघरमै पुगेर भत्ता हस्तान्तरण गर्नुभएको थियो । यो वडामा हाल २३८ ले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् । लट्ठी टेकेर सामाजिक सुरक्षा भत्ता बुझ्न जानुपर्ने बाध्यतालाई जनप्रतिनिधि आएपछि सजिलो बनाइदिएको ज्येष्ठ नागरिक शीतल गुभाजुले भन्नुभयो, “हामीलाई घरमै सरकार आएजस्तो भयो ।” 

बुटवल उपमहानगरपालिकाले नगरका सबै १९ वटै वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो । 

वडा कार्यालय निर्माण 

बुटवल उपमहानगरपालिकाको वडा नं ५ को सुविधासम्पन्न वडा कार्यालय निर्माण भएको छ । बुटवल–५, हाटबजारस्थित वडा कार्यालय भवनको शुभारम्भ कार्यक्रममा नगरप्रमुख शिवराज सुवेदीले सेवाग्राहीलाई सहज र छरितो सेवा प्रवाह गर्न वडाका जनप्रतिनिधि र कर्मचारीलाई निर्देशन दिनुभयो । 

उहाँले बेथितिका विरुद्ध खबरदारी गरिरहन आग्रह गर्दै वडा कार्यालयलाई सेवा केन्द्रसरहको बनाउने तयारी भइरहेको बताउनुभयो । रु ३५ लाख २० हजार १४९ बराबरको लागतमा वडा कार्यालय भवन निर्माण भएको वडाध्यक्ष तेजप्रसाद विश्वकर्माले जानकारी दिनुभयो । वडा कार्यालय भवन हाटबजार क्षेत्रमा रहेको व्यावसायिक सटर घरको माथि व्यवस्थित तला थप गरेर निर्माण गरिएको छ । 

वडा नं ५ ले भवन उद्घाटनकै अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । तेक्वान्दो खेलाडी राजिवसिंह क्षेत्री, उपभोक्ता समितिका कृष्णबहादुर विक, सचेतना कार्यक्रम सञ्चालन गरेको भन्दै राधाकृष्ण युवा क्लबका सुमित खनाल, ज्येष्ठ नागरिक ९१ वर्षीय शोभाखर गैरे, सचेतना अभियान सञ्चालन गर्ने महिलाको तर्फबाट शान्तिश्री महिला समूहका अध्यक्ष खेमकुमारी राना, भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष वेदप्रकाश ज्ञवालीलाई सम्मान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु