२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरको लिम्ङचुङबुङमा पाँच दिने महोत्सव शुरु

२०७६, २ बैशाख सोमबार १२:२६

वैशाख २, गाईघाट । उदयपुर जिल्लाको मध्यउत्तरी पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका–३ स्थित सातदोबाटे डाँडामा वैशाख १ गतेदेखि पाँच दिने लिम्चुङबुङ महोत्सव शुरु गरिएको छ ।

उक्त गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र गाउँपालिकामा बसोवास गर्ने विभिन्न जातजाति तथा भाषाभाषीका सांस्कृतिक पहिचान गराउने लक्षका साथ आइतबारदेखि पाँच दिने महोत्सव आयोजना गरिएको लिम्चुङबुङ पर्यटन विकास समितिका संयोजक ज्ञानबहादुर राईले बताउनुभयो ।

सो गाउँपालिकाले सञ्चालन गरेको उक्त महोत्सवको पहिलो दिन लिम्चुङबुङमा बसोवास गर्ने राई क्षेत्री, ब्रम्हाण, तामाङ, मगर तथा दलित जातिसँग सम्बद्ध सांस्कृतिक झाँकी तथा नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

यस्तै दोस्रो दिनदेखि किराँती राईको साकेला नृत्य, मगरजातिको सोरठी तथा हुर्रा नृत्य, तामाङ जातिको सेलो नृत्य, क्षेत्री तथा ब्राह्मण जातिको बालान नृत्य र दलित जातिको पञ्चैबाजा प्रतियोगिता गरिएको पनि उक्त समितिले जनाएको छ ।

यस्तै स्थानीय जात, जातिको खानाको परिकार तथा स्थानीय क्षेत्रमा उत्पादित घरेलु बस्तु तथा सामग्रीसमेत महोत्सवमा प्रदर्शनीमा राखिएकाले
यसबाट लिम्चुङबुङको सांस्कृतिक पहिचान राउन मद्दत मिल्ने र आन्तरिक तथा बाह्य पर्यटनको विकासमा समेत सहयोग मिल्ने गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले बताउनुभयो ।

समुद्री सतहदेखि दुई हजार ३५० मिटरको उचईमा रहेको सो गाउँपालिकाबाट उत्तरी क्षेत्रको आठवटा हिमाल अवलोकन गर्न सकिने र १ नम्बर प्रदेशसहित तराईका सातवटा जिल्लासमेत अवलोकन गर्न सकिने भएकाले पनि यो क्षेत्रमा १ नम्बर प्रदेशकै सबैभन्दा अग्लो ७५ मिटर उचाइको भ्यूटावर समेत निर्माण शुरु भएको गाउँपालिकाका अध्यक्ष राईले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो