Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

गुल्मीमा १४ वर्षीय बालिका बलात्कृत, ४५ वर्षीय व्यापारी पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख ५, गुल्मी । गुल्मीमा १४ वर्षीय बालिका बलात्कृत भएकी छिन् ।

छत्रकोट गाउँपालिका निवासी १४ वर्षीय बालिकालाई पाल्पा तानसेन नगरपालिका–५ का ४५ वर्षीय हनुमान भनिने समीर मियाँले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मामाघर गएर आमासँगै घर फर्कँदै गरेकी बालिकालाई मोटरसाइकलमा आएका मियाँले बालिकालाई घर पुर्‍याइदिन्छु भन्दै लिएर गएर बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिकालाई ५ सय रुपैयाँ दिएर कसैलाई नभन्नु भनी मियाँ फरार भएका थिए ।

मियालाई जिल्ला प्रहरी कार्यालय गुल्मी र अर्घाखाँचीको अर्घातोष प्रहरी चौकीको संयुक्त प्रहरीे टोलीले घरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।

बालिका बलात्कार गर्ने मियाँलाई जबरजस्ती करणी अभियोगमा मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जानकारी दिए ।

मिया भैँसी व्यापारी रहेको पनि प्रहरीले जनाएको छ ।