2026-09-14 12:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका स्थानिय तह प्रबिधिमैत्री बन्दै

कृष्ण बिष्ट । बैशाख १० बैतडी । बैतडीका स्थानियतहहरु प्रबिधिमैत्री बन्दै गएका छन । संघिय संरचना अन्तरगत स्थानिय सरकार बनिसकेपछि कामकाज छिटो छरीतो र चुस्त दुरुस्त बनाउनको लागि पछिल्लो समयमा स्थानिय तहहरु प्रबिधिमैत्री बन्दै गएका हुन । 

गाउपालिका तथा नगरपालिका मात्रै नभइ वडा कार्यालयहरुमा इमेल तथा इन्टरनेटको प्रयोग हुदै आएको सम्बन्धित स्थानिय तहहरुले जनाएको छन । कम्प्युटर पद्धती बाट कमकाज गरी इमेल तथा इन्टरनेटको पहुचमा पुगेका यहाका ५ स्थानिय तहहरुले मावाइल एप्स नै प्रयोगमा ल्याएका छन । 

पालिकाको कार्यालय तथा वडा कार्यालयहरुमा हुदै गरेको कामकाजहरुको स्पस्ट तथ्याङ्क संकलन गर्दै चुस्त दुरुस्त राख्नको लागि आवश्यक प्रबिधि प्रयोग गरीरहेको दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्दले जानकारी दिनुभयो ।

१० वटै स्थनिय तहहरुले पालिकाको कार्यलयमा कम्प्युटर प्राबिधिक कर्मचारी पनि भर्ना गरेका छन  । 

यसरी वडा पालिका तथा गाउपालिकाका कार्यलयहरुमा हुदै गरेका योजना तथा तथ्याङ्कहरुको तथ्याङ्क कम्प्युटर पद्धतीको माध्यामबाट चुस्त दुरुस्त राख्ने गरेको र मोवाइल एप्लीकेसनको माध्यामबाट देश तथा बिदेशमा रहेको पालिका बासीहरुलाई कार्यक्रमको बारेमा जानकारी गराउदै आएको दोगडाकेदार गाउपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिनुभयो । 

प्रबिधिको माध्यामबाट छिटो छरीतो र चुस्त दुरुस्त काम हुनेभएकाले सो अवधारण अबलम्बन गरेको जनप्रतिनिधिहरुले बताएका छन ।

यस्तै जिल्लाका दुर्गम गाउपालिकामा इन्टरनेटको पहुचबाट टाढा रहेका छन । यसरी आफ्नो पालिकामा इन्टरनेटको सुबिधा नहुदा केन्द्र तथा प्रदेस सरकारबाट आउने जानकारी समेत ढिलजो गरी प्रप्त गर्नुपर्ने बाध्याता रहेको बताएका छन । पालिकाहरुमा बैङ्क सेवा पुगेपनि इन्टरनेटको सुबिधा नहुदा प्रभावित हुने गरेका छ । 

जिल्लाको शिवनाथ, पञ्चेश्वर, सिगास, सुर्नया गाउपालिका र पुर्चाैडी नगरपालिकमा इन्टरनेटको सुबिधा नहुदा समस्या हुने गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले