२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

जनता आवास निर्माणको शिलान्यास

२०७६, २१ बैशाख शनिबार ०५:४५

वैशाख २१, वीरगञ्ज (रासस) | उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले हावाहुरीबाट पीडित जनताको घर निर्माण कार्यलाई प्राथमिकता दिएको बताउनुभएको छ । 

चैत १७ गते बारा पर्सामा आएको विनाशकारी हावाहुरीबाट प्रभावितका लागि जनता आवास निर्माण कार्ययोजनाको आज बाराको फेटा गाउँपालिका–६ पुरनियाँमा शिलान्यास गर्दै उपप्रधानमन्त्री पोखरेलले पीडित जनताको आवास निर्माणमा नेपाली सेनाले कुनै कमी राख्न नहुने बताउनुभयो ।

एकैसाथ बारा पर्साको १२ ठाउँमा सो आवासको आजै शिलान्यास भइरहेको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शिलान्यास कार्यक्रम हुने भनिए पनि विशेष कारणले प्रधानमन्त्री आउन नसक्नु भएको जानकारी दिनुभयो । उपप्रधानमन्त्री पोखरेलले प्रारम्भ गरिएको जनता आवासमा कुनै किसिमको ढिलाइ नगरी वर्षा अगाडिनै आवास निर्माण गर्न सेनालाई निर्देशन दिनुभयो । सो आवास निर्माण गर्दा केही समस्या आए प्रदेश र स्थानीय सरकार मिलेर समाधान गर्नुपर्ने बताउँदै उपप्रधानमन्त्री पोखरेलले सेनाले निर्माण गर्ने जनता आवास कार्यक्रममा स्थानीय, प्रदेश सरकारसहित सबैको सहयोग रहने छ भन्नुभयो । 

उहाँले हावाहुरी प्रभावित परिवारलाई घर बनाउँदा जग्गाको अभाव भए प्रक्रियागत रुपमा ऐलानी र प्रति जग्गा उपलब्ध गर्नसमेत निर्देशन दिनुभयो । उपप्रधानमन्त्री पोखरेलले सबै मिलेर एकताबद्ध भई आपत्विपत्मा परेका जनताको समस्या समाधान गर्न सबै एक हुनुपर्ने बताउनुभयो ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावतले हावाहुरी प्रभावित परिवारको लागि सङ्घीय सरकारले गरेको काम स्वागतयोग्य रहेको बताउनुभयो । 

सो कार्यक्रममा उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, खानेपानीमन्त्री वीना मगर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापालगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा