विद्यालयहरुमा प्रत्येक बर्षको वैशाख १ गते देखी चैत्र मसान्त सम्मको अवधिलाइ एक शैक्षिक सत्र मानी शैक्षिक कार्यक्रहरु सञ्चालन गर्ने परम्परा विद्यमान छ । विगत बर्षहरु जस्तै यस बर्ष पनि विद्यालयहरुमा नयाँ शैक्षिक सत्रको शुरुवात भएको छ । शैक्षिक सत्रको सुरुवात संगै हामी सबैको इच्छा, सर्वसुलभ विद्यालय शिक्षा भन्ने मुल नाराका साथ विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान सञ्चालन गरिएको छ । बालवालिकाहरुलाई विद्यालयमा भर्ना हुन् सामूदायिक विद्यालयहरुले प्रचार प्रसार गरिरहेका छन् । यसरी भर्ना अभियानको तामधाम संगै यस बर्षको शैक्षिक सत्र सुरु भएको छ । सामुदायीक विद्यालयहरुमा विद्यार्थी संख्या न्यून हुदै गइरहेको वर्तमान अवस्थामा नया शैक्षिक सत्रको सुरुवात सगै सामुदायीक विद्यालयका शिक्षकहरुको भूमिका र कार्यशैली विगतको भन्दा प्रभाकारी हुन आवश्यक छ । विगतका क्रियाकलापहरुको समीक्षा गर्दै राम्रा पक्षहरुको अनुसरण गर्ने र नराम्रा पक्षहरुलाइ सुधार गर्ने काम यस शैक्षिक सत्रमा हुन आवश्यक छ ।
आज वास्तवमा सामुदायीक विद्यालयहरु प्रति आम अभिभावकको नकरात्मक दृष्टिकोण वढ्दै गएको छ । गुणस्तरीय शिक्षाको सपना देखेर निजी विद्यालयहरुमा आफ्ना छोराछोरी अध्यन गराउने होडवाजी चल्न थालेको छ जसले गर्दा सामुदायीक विद्यालयका कक्षाकोठा खाली हुदै गएका छन । विभिन्न समयमा हुने परीक्षा र प्रतियोगीताहरुको शैक्षिक गुणस्तर माथि प्रश्न उठाउने गरिएको छ तर विडम्वना यि सवै परीणामको दोष केवल शिक्षकहरुलाइ थुपोर्न गरिएको छ । आज सामुदायीक विद्यालयका शिक्षकहरुको व्यवहार, कार्यशैली र गैर जिम्वेवारी पनको कारण सामुदायीक विद्यालयहरु संकटमा परे, विद्यालयहरु विद्यार्थी विहिन भए, विद्यार्थीहरु गुणस्तरीय शिक्षा बाट वन्चीत भए, शिक्षकहरुले राजनिति गरे जसले गर्दा उनीहरुमा जिम्मेवारीपन र कर्तब्यबोध को अभाव भयो, शैक्षिक लगानी खेर गयो जसको परीणमस्वरुप निजी विद्यालयहरु फस्टाउने मौका पाए भन्ने गुनासो र आरोप सुन्नु परेको छ । त्यसैले अव शिक्षकहरु माथि लाग्ने गरेको यस्ता आरोपहरुलाइ गम्भीर रुपमा सोच्दै आफ्नो भूमिका र व्यवहारलाई थप शसक्त, प्रभावकारी र स्वागतयोग्य बनाउनु समामुदायीक विद्यालयहरुका शिक्षकहरुको लागी अपरिहार्य भएको छ । के शैक्षिक लगानी खेर जानु, विद्यालयहरुका कक्षाकोठा खाली हुन शिक्षकको कारणले हो ? के सामुदायीक विद्यालयका शिक्षकहरुको कारणले निजी विद्यालयहरु प्रतिको आकर्षण बढेको हो ? बहस र छलफल गर्नु आवश्यक छ र यि परीणामहरुको कारक शिक्षक होइनौ भनि प्रमाणीत गर्नु आवश्यक छ ।
शिक्षक भनेका समाजका अगुवा हुन विद्यार्थीका ज्ञानदाता हुन अनि पथप्रदर्शक हुन । राष्ट्र निमार्णको लागी आवश्यक पर्ने योग्य जनशक्ति निर्माण गर्ने निर्माता हुन । त्यसैले यस्तो महान व्यक्ति सबैको आदर्श व्यक्ति, ज्ञान दाता भाग्य निर्माता शिक्षक आपैmमा योग्य, परीश्रमी, कर्तव्यनिष्ठ जिम्मेवार हुन नितान्त आवश्यक छ तर के सामुदायीक विद्यालयका शिक्षक यि कुराहरुवाट पछी परेकै हो त ? एक पटक गम्भीर भएर सोच्नु पर्ने वाध्यता छ । राज्यले निर्माण गरेको पाठ्यक्रम कार्यान्वयन गर्ने प्रमुख व्यक्ति भएको र राज्यको नुन खाएको नाताले विद्यालयको उन्नती र प्रगति तथा शैक्षिक गुणस्तरको सवालमा शिक्षकको हात महत्वपूर्ण र प्रमुख हुन्छ । त्यस्तो महान जिम्मेवारी र भूमिका निभाउन सामूदायिक विद्यालयका शिक्षकहरु कती सक्रिय छौ, हामी शिक्षकहरुले हाम्रो कर्तव्य पुरा गरेका छौ कि छैनौ, शैक्षिक गुणस्तरको सवालमा हामी शिक्षकहरु कहाँ नेर चुक्यौ समीक्षा गर्नु आवश्यक छ ।
निजी विद्यालयको तुलनामा सामूदायिक विद्यालयहरुको नतिजा कम्जोर छ जुन यर्थाथता हामी सवैले स्विकार गरेकै कुरा हो । सामूदायिक विद्यालयमा योग्यता भएका, क्षमतावान र तालिम प्राप्त शिक्षकहरु हुदाहुदै पनि अपेक्षित सिकाई उपलब्धि विद्यार्थिहरुलाई हासिल गराउन सकिएको छैन । यस तथ्य का पछाडि थुप्रै कारणहरु ह्ुन सक्छन् तर पनि एउटा जिम्मेवार र बौद्धिक पात्र भएको नाताले त्यस तर्फ गम्भिर भएर सोच्ने हिम्मत शिक्षकहरुले गर्नै पर्छ । विगतका वर्षहरुमा विद्यालयमा हामीले गरेको व्यवहार हाम्रो कार्यशैली र क्रियाकलापको समीक्षा गरी नयाँ शैक्षिक सत्रमा सकरात्मक सोचका साथ अगाडी बढ्नु जरुरी छ । शिक्षकहरु माथि लाग्ने गरेका आरोपहरुलाई मुखदर्शक भएर सुन्ने मात्र होइन त्यस्ता आरोप र खण्डनहरुलाई प्रमाण सहित खण्डन र प्रतिपाद गर्न तयार हुनु पर्छ तर यसको लागी हामी शिक्षकहरुले आफ्नो कर्तव्य र जिम्वेवारी लाई मनन गरी सच्चीनु पककै आवश्यक छ ।
वास्तवमा राज्यको शैक्षिक नितिको कार्यान्वयनकर्ता, राज्यले निर्दिष्ट गरेको पाठयक्रमको कार्यान्वयनकर्ता हामी शिक्षक नै हो । कार्यान्वयनकर्ताको भूमिका अरुको भन्दा पक्कै पनि निर्णायक र प्रभावकारी हुन्छ । त्यसैले कार्यान्वयन गर्ने क्रमका, शैक्षिक गुणस्तरको सवालमा हामी सामुदायीक विद्यालयका शिक्षक कहि न कहि अवश्य चुकेका छौ । हावा नचली पात पक्कै पनि हल्लीदैन । समाजले सामुदायीक विद्यालयका हामी शिक्षक माथी प्रश्नचिन्ह उठाउन थालेको छ । अत हामी शिक्षक माथि लाग्ने गरेको आरोप र उठने गरेको प्रश्नचिन्ह को गतिलो जवाफ दिने गरी अगाडी बढ्ने प्रण गर्नै पर्छ । सामुदायीक विद्यालयहरु कमजोर हुनुको सम्पूर्ण दोस हाम्रो टाउकोमा जवरजस्ती थोपारिएको वर्तमान अवश्थामा वास्तविक दोसी शिक्षक होइन भनि प्रमाणीत गर्नु पर्ने वेला आएको छ ।
शिक्षक भनेको समाजको पथप्रदर्शक र अगूवा भएको कारणले समाजले शिक्षकको क्रियाकलाप र गतिविधि नियालीरहेको हुन्छ जुन स्वभाविक पनि हो । त्यसैले सर्वप्रथम सामूदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर वृद्धि गरी लोकप्रियता बढाउन शिक्षकको सक्रियता बढनैपर्छ ।
यसको लागी सामुदायीक विद्यालयका हामी शिक्षक थप सुध्रनु पर्ने आवश्यकता छ । समाज सुधार्नु छ भने पहिला आफुलाइ सुधार्नु पर्छ । त्यसैले अव सामुदायीक विद्यालयका शिक्षकहरु थप शसक्त, परीश्रमी अध्ययनशिल र कर्तन्यनिष्ठ हुनु आवश्यक छ । पेशाप्रति प्रतिबद्ध जवाफदेही हुनु जरुरी छ । समयको परिवर्तन सँगै ज्ञानमा भएको विस्फोटनलाइ मध्यनजर राख्दै आपूmलाई समयानुकुल अपडेट गर्नु परेको छ अनि नयाँ नयाँ शिक्षण विधि र प्रविधिहरुको प्रयोग गर्नु आवश्यक छ । यतिमात्र होइन विद्यालयमा हुने राजनैतिक हस्तक्षेपको एकजुट भएर मुकाविला गर्दै राजनैतिक दलकानाइकेहरु को झोला बोक्ने, सरुवा र बढुवाको लागी अरुको गुलामी गर्ने चिन्तनको अन्त गर्नु पर्छ ।
समाजले शिक्षकलाई ठुलो जिम्मेवारी दिएको छ । आफ्नो जिम्मेवारी सफलता पूर्वक पुरा गर्ने तर्फ गम्भिर रुपले सोच्न जरुरी छ । अरुको पछि शिक्षक होइन शिक्षकको पछाडि अरु लाग्ने वातावरणको सृजना स्वयम शिक्षकले गर्न पर्छ । अरु कार्यलाई भन्दा शिक्षण लाई नै आफ्नो प्रमुख दायित्व सम्झेर विद्यालयमा विद्यार्थी सँगै रमाउने परिस्थितिको निमार्ण गर्नु आवश्यक छ । आफ्नो पेशा लाई आकर्षण, सम्मानजनक र मर्यादित बनाउन स्वय शिक्षकहरु अग्रसर हुनु आवश्यक छ । विशेष गरी हामी शिक्षकको अगाडी हामीलाई नै दोष लगाउदै अनि हाम्रो कार्यशैली र व्यवहार प्रति औला ठड्याउदै विज्ञापन र प्रचारको भरमा २० किलोको झोला बोकेर निजी विद्यालयहरुमा विद्यार्थी जाने असहज परिस्थीतिको अन्त गर्ने गरी योजनावद्ध र व्यवस्थित भएर लाग्न नितान्त आवश्यक छ ।
वास्तवमा विद्यालय भनेको शिक्षक विद्यार्थी र अभिभावकको साझा चौतारी हो । एक अर्काको सहयोग, सल्लाह र साझा प्रयास बाट नै विद्यालय अगाडि बढ्छ तर पनि एउटा सचेत, बौद्धिक र माथि भनिए भैm कार्यान्वयनकर्ता को हैसियतले शिक्षकको भुमिका गहन हुन्छ । शिक्षकले चाहेमा गर्न सकिन्छ भन्ने प्रमाणहरु पनि प्रसस्त देखिएका छन् तर हामी शिक्षकहरुमा पक्कै पनि केहि कमीकम्जोरी छन् । तिनिहरुलाई समयमै सुधार गर्नु आवश्यक छ । शिक्षक भनेको समाजको पथप्रदर्शक र अगूवा भएको कारणले समाजले शिक्षकको क्रियाकलाप र गतिविधि नियालीरहेको हुन्छ जुन स्वभाविक पनि हो । त्यसैले सर्वप्रथम सामूदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर वृद्धि गरी लोकप्रियता बढाउन शिक्षकको सक्रियता बढनैपर्छ । हुन त शिक्षक एकलैले सामूदायिक विद्यालयमा केही गर्न सक्दैन तर प्रयास गने हिम्मत गर्नु पर्छ । चरम राजनितिले अड्डा जमाइरहेको सामूदायिक विद्यालयहरुमा सोचे भन्दा बढि समस्या र जन्जिरहरु छन् तर पनि त्यसको मुकाविला शिक्षकले गर्नु पर्छ । हामी शिक्षक सकरात्मक सोचका साथ अगाडि बढ्यौ भने सामूदायिक विद्यालयहरुमा पक्कै पनि सुधारको संकेत देखिन्छ । यसको लागि आफु बाटै सुरु गर्नु पर्छ । अरुले के गरेन भन्दा पनि मैले के गरिन भनेर सोच्ने बानिको विकास गर्न सक्नु पर्छ ।
नयाँ शैक्षिक सत्रको सुरुवात सँगै सामुदायीक विद्यालयका शिक्षकहरु कक्कै पनि बढी चनाखो हुन जरुरी छ । खाली भएका विद्यालयका कक्षाकोठाहरु पुन भर्ने गरी अनि सामुदायीक विद्यालयहरुमा शैक्षिक गुणस्तर छैन, शिक्षकहरु निश्किृय गैर जिम्वेवार छन, सामुदायीक विद्यालयका शिक्षकहरु कक्षाकोठा वस्दैनन भन्ने व्यक्तिहरुको शिर झुकाउने गरी विद्यालयमा शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न आवश्यक छ । गुणस्तरीय शिक्षाको नाटक मञ्चन गरेर घरको ढोकाबन्द गरी अनि खेतवारी बाभैm राखेर आफ्ना छोराछोरी निजी विद्यालयहरुमा अध्ययन गराउन शहर प्रवेश गरेका व्यक्तिहरुलाइ हाम्रा सामुदायीक विद्यालयहरु गुणस्तरीय छन् । भनि प्रमाणीत गर्दै गाउँ फर्कन वाध्य बनाउनु सामुदायीक विद्यालयका शिक्षकहरुको कर्तव्य हो यसको लागी नयाँ सोच, चिन्तन र शैलीका साथ अगाडी बढ्नु आवश्यक छ ।