२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

नेपाल–भारत सीमाक्षेत्रको दशगजामा दुई देशका सुरक्षा निकायले संयुक्त गस्ती

२०७६, २१ बैशाख शनिबार १६:१७

वैशाख २१, बाँके (रासस) | भारतमा हुन लागेको लोकसभा निर्वाचन तथा सीमा क्षेत्रको सुरक्षालाई ध्यानमा राखेर नेपाल–भारत सीमाक्षेत्रको दशगजामा दुई देशका सुरक्षा निकायले संयुक्त गस्ती गरिरहेका छन् । नेपाल–भारत सीमाक्षेत्रको जङ्गे पिलर नं २६ देखि २९ सम्म संयुक्त गस्ती गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हेडक्वाटर बागेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाह र भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) बटालियन नं ४२ को कम्पनी ई मुन्सीपुर्वाका कम्पनी कमाण्डर सुकुमार देवबर्माको संयुक्त कमाण्डमा गस्ती गरिएको हो । 

सशस्त्र प्रहरी उपरीक्षक शाहले सीमाक्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि रोक्न र दुई देशबीचको भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउन यस्तो खालको संयुक्त गस्ती गरिँदै आएको जानकारी दिनुभयो । उहाँले नेपालमा निर्वाचन हुँदाका बखतमा पनि दुवै देशका सुरक्षा निकायले यसरी नै संयुक्त सुरक्षा गस्ती गर्ने गरेको र अहिले भारतमा पनि लोकसभाको निर्वाचन हुँदै गरेको अवस्थामा सीमाक्षेत्रको अवस्था बुझ्न संयुक्त गस्ती गरिएको बताउनुभयो ।

बटालियन नं ४२ का कमाण्डर देवबर्माले सीमाक्षेत्रको सुरक्षाको जिम्मेवारी पाएका सुरक्षा निकायले आ–आफ्नो क्षेत्रमा संयुक्तरूपमा यसरी सुरक्षा गस्ती गर्दा सीमाक्षेत्रमा आपराधिक गतिविधि रोकिने, सीमाक्षेत्रको सुरक्षा हुने र दुवैप्रति सौहर्दता व्यक्त हुने भएकाले यस्तो खालको संयुक्त गस्तीको महत्व र प्रभावकारिता छुट्टै खालको हुने विश्वास व्यक्त गर्नुभयो ।


भारतको उत्तर प्रदेशमा मे ६ तारिख अर्थात् यही वैशाख २३ गते हुने लोकसभा निर्वाचनका लागि आज बेलुकी ६ बजेदेखि २३ गते बेलुकी ६ बजेसम्म नेपाल–भारत सीमानाका बन्द गरिएको छ । लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा समन्वय समितिको ५१औँ बैठकले सीमानाका बन्द गर्ने निर्णय गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै