2026-09-13 08:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

दाइजो नदिँदा हत्या गरिएको आशङ्का

वैशाख २३, बाँके । गत बिहीबार झुण्डिएको अवस्थामा फेला परेकी रुक्सरा कुरैसीको हत्या आरोप लगाइएको छ ।नौ महीनाअघि साहेबे आलम कुरैसीसँग विवाह गरेकी रुक्सराले आत्महत्या गरेको जिकिर घर परिवकारका सदस्यहरूले गरेका छन् तर माइती पक्षले भने हत्या भएको आरोप लगाएका हुन् । 

नेपालगञ्जमा पत्रकारसँग कुरा गर्दै रुक्सराका बुबा इस्लाम अहमद कुरैसीले मागेजातिको दाइजो नदिएकै कारण उनको हत्या गरिएको जिकिर गर्नुभएको हो। भारत नारापारा घर भई कैलालीमा डेरा गरी बस्दै आएका साहेबेसँग विवाह गरेकी रुक्सरा गत बिहीबार रुक्सरा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । बुवा इस्लामले छोरीलाई मारेर झुण्ड्याइएको जिकिर गर्दै भन्नुभयो, “मैले हत्या हुनुअघि छोरीसँग फोनमा कुरा गरेको थिए । घर परिवारको अगाडि नै रहेकी रुक्सरा मसँग पनि राम्ररी बोलेकी थिइनन् ।” माइती पक्षका अनुसार घर परिवारले दैनिक ‘टर्चर’ दिइरहेकाले रुक्सराले दुई दिनदेखि खाना खाएकी थिइन् ।

घर परिवारले रु तीन लाख र एउटा पल्सर मोटरसाइकल दाइजो ल्याउन दबाब दिइरहेकाले आफू जग्गा बेचेरै पनि मागेको रकम  र मोटरसाइकल दाइजो दिने मनसायमा रहेको उहाँको भनाइ थियो  ।  हत्या भएको एक घण्टाअघि छोरीसँगको कुराकानीमा आफूले “म भोलि नै कैलाली आएर छलफल गर्छु । जग्गा बेचेरै भए पनि तीन लाख र मोटरसाइकल दाइजो दिउँला । अहिले परिवारसँग केही विवाद नगर्नू” भनेको  बुबा इस्लामले बताउनुभयो ।  केही घण्टापछि नै फेरि फोन आउँदा छोरीले पासो लगाएर आत्महत्या गरेको जानकारी दिइयो ।

 “होचो टीनले छाएको कोठामा उनीहरू बस्छन् । त्यहाँ झुण्डिएर आत्महत्या गर्न सम्भव नै छैन । त्यसमा पनि सबै घर परिवार घरमै रहेको बेलामा मेरो छोरीले कसरी झुण्डिएर आत्महत्या गरिन्”, बुवा इस्लामले भन्नुभयो, “सबैले मिलेर घाँटी थिचेर मारेपछि झुण्ड्याइएको हो ।” दाइजो दिन्छुभन्दा पनि छोरीको हत्या गरिएको उहाँको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन