2026-09-13 10:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

किशोरी मृत फेला, एक युवक पक्राउ

बैतडीको मेलौली नगरपालिकामा एक किशोरीको मृत्युपछि सो घटनाको सम्बन्धमा एक युवक पक्राउ परेका छन् । मेलौली नगरपालिका–७ बनालीकी १९ वर्षीया सावित्री चन्दको मृत्यु प्रकरणमा सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएका मेलौली नगरपालिका–१ का प्रशान्तसिंह क्षेत्रीको नाममा किटानी जाहेरी दर्ता भएपछि उनलाई पक्राउ गरिएको हो ।

  क्षेत्रीले चन्दलाई जबर्जस्ती करणी गरी आत्महत्या गर्न बाध्य गरेको आरोप लगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो । क्षेत्रीको नाममा किटानी जाहेरी दर्ता भएपछि जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ । बुधबार घर नजिकैको मेलको रुखमा झुण्डिएको अवस्थामा सावित्रीको शव फेला परेको थियो ।

सावित्रीको कोठामा खानतलासी गर्दा पक्राउ परेका क्षेत्रीको पर्स भेटिएको र पर्सभित्र फोटो, नागरिकता र १० हजार नगद फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।  घटनाको विषयमा सत्यतथ्य छानबिन हुनुपर्ने, दोषी भनिएका व्यक्तिलाई हदैसम्मको कानूनी कारवाही हुने ग्यारेन्टी हुनुपर्ने, शव जलाएपछि प्रमाण नष्ट हुनसक्ने आशङ्का रहेकाले शव बुझ््न नमानेको मृतकका आफन्तको भनाइ छ । सावित्री मणिलेक मावि काँडा मेलौलीमा कक्षा १२ मा अध्ययनरत थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले