२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

पेट्रोलपम्पमा सिलबन्दी

२०७६, ४ जेष्ठ शनिबार ०७:४८

जेठ ४, सप्तरी | गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले सप्तरीको पश्चिमी भेगमा रहेको कम तेल दिने एक पेट्रोलपम्पमा आज सिलबन्दी गरेको छ ।

गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख शम्भुकुमार झाका अनुसार सप्तरीको शम्भुनाथ नगरपालिका–१२ अर्नाहामा रहेको अबदुल्हा आयल निगम ट्रेडर्समा सिलबन्दी गरिएको हो । जिल्ला प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय पातोको टोलीद्वारा गरिएको अनुगमनका क्रममा सो पम्पमा रहेको डिजेलमा प्रति पाँच लिटरमा १७० मिली घटी गरी बिक्रीवितरण गरी रहेको पाइएपछि सिलबन्दी गरिएको प्रमुख झाले बताउनुभयो ।

यसैबीच सिलबन्दी गरिएको पर्म्पलाई नापतौल ऐन २०२५ दफा ३० बमोजिम माग दाबीसहित जिल्ला अदालतमा मुद्दा दायर गरिने प्रमुख झाले जानकारी दिनुभयो ।

जिल्ला बार एकाइमा साह निर्वाचित 

सप्तरी  जिल्ला अदालत बार एकाइको अध्यक्षमा अधिवक्ता डोमन साहको प्यानल विजयी भएको छ । निर्वाचनको मत परिणामअनुसार प्रगतिशील, पेशागत, मधेशी आदिवासी, जनजाति तथा समावेशी समूहबाट उहाँसहित प्यानलै निर्वाचित भएको निर्वाचन अधिकृत दुर्गानन्द चौधरीले बताउनुभयो । अध्यक्षमा साहले ५१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने निकटतम् प्रतिद्वन्द्वी अधिवक्ता महेश्वर साहले ३२ मत प्राप्त गर्नुभयो । 

समितिको उपाध्यक्षमा महेन्द्रप्रसाद देव, सचिवमा ओमप्रकाश यादव र कोषाध्यक्षमा शङ्करकुमार मिश्र विजयी हुनुभयो । सदस्यमा रामनरेश दास, शम्भुकुमार यादव, इन्द्रकान्त चौधरी, सुरेशकुमार सिंह र शिवनारायण यादव विजयी हुनुभएको छ ।

यसैगरी सोही प्यानलबाट केन्द्रीय पार्षद्मा केशरलाल खङ्ग, कर्मचन्द चौधरी, उमेशनाथ शरण र वीरबहादुर कडारी (सागरवीर कडारी) विजयी हुनुभयो । स्वतन्त्र पेशागत कानून व्यवसायी समूहबाट केन्द्रीय पार्षदमा अधिवक्ता कमलकुमार यादव विजयी हुनुभएको  छ । गत वैशाख २० गते उम्मेदवारी दर्ता भएकै दिन सोही समूहबाट सहसचिवमा रञ्जिता रिजाल र महिला सदस्यमा ममता चौधरी निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते