२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी जीप दुर्घटना : मृतक सबैको सनाखत

२०७६, ५ जेष्ठ आईतवार १२:५५

जेठ ५, बैतडी । जीप दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–१० बाराकोटका ४५ वर्षीय हिराबल्लभ भट्ट, ६५ वर्षीया नरुली भट्ट र ६० वर्षीय लालमणि भट्ट रहेका छन् । उनीहरुको घटनास्थलमा नै ज्यान गएको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो । 

दुर्घटनामा दशरथचन्द नगरपालिका–१० का ४५ वर्षीय प्रकाश भट्ट, कञ्चनपुरको भीमदत्तनगरका २६ वर्षीय राहुल भट्ट र जीप चालक दशरथचन्द नगरपालिका–१० का नवीन भट्ट घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

दशरथचन्द नगरपालिका–१० बाराकोटबाट देहिमाडाँै हुँदै नागार्जुनतर्फ जाँदै गरेको ग१ज ४९२१ नं को जीप आज दशरथचन्द नगरपालिका–११ नानीगाडमा दुर्घटना भएको थियो । देवताल मन्दिर दर्शनका लागि जाँदै गरेका उनीहरु दुर्घटनामा परेका हुन् । जीप सडकबाट १५० मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । जीपमा चालकसहित सात जना सवार थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा