2026-09-13 05:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

अख्तियारद्वारा दुई अधिकृत र एक नासुविरुद्ध आरोपपत्र दायर

जेठ ५, बाँके | अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले नेपालगञ्ज भन्सार कार्यालयमा कार्यरत दुई अधिकृत र एक नासुलाई जनही रु २० लाख २४ हजार १४१ बिगो भराई प्रचलित ऐनबमोजिम सजायका लागि मागदाबी गरेको छ । 

आयोगले आज भन्सार अधिकृत सुभाषप्रसाद श्रेष्ठ, बटुकृष्ण अधिकारी र नासु वसन्तकुमार सुवेदीविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो । 

नेपालगञ्ज भन्सार कार्यालयमा नक्कली प्रज्ञापनबाट सामान पैठारी गरी राजश्व छली गरेको भन्ने उजुरीउपर अनुसन्धान हुँदा तीन कर्मचारीलाई कारवाहीका लागि आयोगले प्रक्रिया अघि बढाएको हो । 

विसं २०७५ जेठ २४ गते भन्सार एजेण्ट दिनेशकुमार बानियाँसँगको मिलेर झुटो प्रज्ञापनपत्र बनाई भन्सार छली गरेको अख्तियारले जनाएको छ । ‘ना ६ ख ५८५९’ र ‘ना ७ ख १७’ नंका मालवाहक ट्रकबाट भन्सार महसुल तथा राजश्व छली गरी मालवस्तु ल्याइएको र र घीउ प्रज्ञापन पत्रमा उल्लेख नभएको पाइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरुले खराब मनसायले सामानधनीसँगको मिलेमतोमा भन्सार महसुल चुहावट गरेको बताइएको छ । 

भन्सार एजेण्ट सङ्केत नं ३५ का दिनेशकुमार बाँनिया, वनवोरी माता ट्रेडर्सका सञ्चालक रवीन्द्र गुप्ता र वनवोरी माता ट्रेडर्सका लागि काम गर्ने वीरेन्द्र गुप्तालाई पनि आयोगले कारवाही र बिगो भराइको माग गरेको छ । त्यस्तै हिमालयन कार्गोको सञ्चालिका मधुकुमारी चौधरी र सोही कम्पनीका लागि काम गर्ने विनोदकुमार गुप्ता र राहुलकुमार गुप्ताले प्रचलित भ्रष्टाचार निवारण ऐनअनुसार कारवाहीको माग गरिएको छ । 

राजश्व अनुसन्धान विभागका नायब सुब्बा देवीबहादुर थापाले राजश्व छली तथा चुहावटको सूचना तथा सुराकीका आधारमा अनुगमन तथा अनुसन्धान नगरी नेपाल सरकारलाई हानिनोक्सानी तथा सामानधनीलाई फाइदा पुग्याएको भन्दै सजायको माग गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन