2026-09-13 09:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा विद्युत सेवा अनियमित हुँदा सेवाग्राही मारमा

जेठ १४, बैतडी  । बैतडीमा पछिल्लो समय विद्युत् सेवा अनियमित हुँदा सेवाग्राही मारमा परेका छन् । विद्युत् एकैछिन् आउने र जाने क्रम बढ्दै गएपछि सेवाग्राही मारमा परेका हुन् । विद्युत् सेवा अनियमित हुँदा व्यापार व्यवसायमा समेत असर परेको व्यापारीले बताएका छन् । विद्युत्बाट सञ्चालन हुने ग्रिल उद्योगलगायतलाई समस्या भएको छ । विद्युत् सेवा अनियमित हुँदा विद्यार्थीलाई समेत समस्या भएको छ । 

विद्युत् अनियमित हुँदा जिल्ला सञ्चालित रेडियोलाई समेत समस्या भएको छ । बैतडीका व्यवसायी र सञ्चारमाध्यमका सञ्चालकले  बेलाबेलामा विद्युत् आउने जाने गर्नाले विद्युत्बाट चल्ने धेरै सामाग्री बिग्रिने गरेको बताएका छन् । बत्ती आउने जाने हुनुका साथै आयो भने पनि कहिले मधुरो आउने गरेकाले थप समस्या भएको छ । 

अनियमित विद्युत् कटौतीले स्वास्थ्य क्षेत्र पनि प्रभावित भएको छ । अनियमित विद्युत् कटौतीले श्रीकोट स्वास्थ्यचौकीमा खोप सेवा प्रभावित हुने गरेको छ । श्रीकोट स्वास्थ्य चौकीका इन्चार्ज  वीरसिंह भाटका अनुसार भ्याक्सिन २४सै घण्टा चिसोमा राख्नुपर्ने भए पनि अनियमित विद्युत् कटौतीले खोप सेवा प्रभावित हुने गरेको बताउनुभयो ।

भार बढेका कारण विद्युत् सेवा अनियमित भइरहेको नेपाल विद्युत् प्राधिकरण बैतडीका वितरण केन्द्रका प्रमुख मोहनदेव जोशीले जानकारी दिनुभयो । यस्तै बैतडी र बझाङमा एउटै लाइनबाट विद्युत् प्रवाह हुने भएकाले बेलाबेलामा समस्या आउने गरेको उहाँले बताउनुभयो । यसका साथै हावाहुरीलगायतका कारणले पनि विद्युत् सेवा अनियमित भइरहेको वितरण केन्द्र बैतडीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले