२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको एक बिद्यालयका किसोरीहरुले स्कूलमै बनाउछन् सेनेटरी प्याड

२०७६, १४ जेष्ठ मंगलवार १७:५६

कृष्ण बिष्ट | जेठ १४, बैतडी | बैतडीको पाटन नगरपालिका वडा नं ८ स्थित ज्ञानेश्वर माविका छात्राहरु आँफै सेनेटरी प्याड बनाउन थालेका छन् । महिनावारी भएको बेला पनि निर्वात रुपमा बिद्यालय आउन सकियोस भनि किसोरीहरु सेनेटरी प्याड बनाउन थालेका हुन । 

महिनावारी भएको बेला छात्राहरुले विद्यालय छोड्नुपर्ने अवस्था रहेकाले आँफैले सेनेटरी प्याड बनाउन थालेको कक्षा १० की छात्रा हजारी भण्डारीले बताउनुभयो । विद्यालयमा किशोरीहरुका लागि प्याड बनाउने तालिम नै सञ्चालन गरेको विद्यालयका सहायक प्रधानाध्यापक धनबहादुर महराले जानकारी दिनुभयो ।

प्याड नभएकै कारण महिनावारी भएका बेला छात्राहरुले विद्यालय आउन नसक्ने भएकाले आफूहरु प्याड बनाउने काममा लागेको कक्षा ११ की छात्रा शान्ति बिष्टले जानकारी दिनुभयो । बिद्यालयमा मनिवारी भएको बेला जानुहदैन भन्ने चलन पछिल्लो समयमा हट्दै गएको पनि यहाका किसोरीहरुले बताएका छन । 


कक्ष १० मा अध्यान गर्ने किसोरी ममता बिष्टले भनिन, बाटोमा देवि देवताको मन्दिर पर्दछ, महिनावारी भएको बेला त्यो बाटो हिडेपछि देवता रिसाउछन, यस्तो धारणा पछिल्लो समय हट्दै गएको बताइन । पहिले ४ दिन सम्म बिद्यालय नआउने गरेकोमा आज भोली नियमित सरसफाइ गर्ने गरेको र बिद्यालय आउने गरेको बिष्टले बताइन । 

विद्यालयमा छात्रामैत्री शौचालय पनि निर्माण गरिएको र ग्रामीण क्षेत्रमा प्याड किन्न नपाइने भएकाले उहाँले आफूहरुले प्याड बनाउने सीप सिक्न थालेको  शिक्षक महराले बताउनुभयो । 


माथिको तश्वीरमा: सेनेटरी प्याड निर्माण गर्दै ज्ञानेश्वर माबीका बिद्यार्थीहरु | तश्वीर: कृष्ण बिष्ट 

महिनावारी भएको बेला छात्राहरुको विद्यालय नछुटोस भन्ने उद्देश्यले विद्यालयले छात्राहरुलाई प्याड बनाउने तालिम र वितरणको कार्यक्रम राखेको उहाँले बताउनुभयो । प्याड बनाउने तालिमले किशोरीहरुलाई सजिलो भएको विद्यालयका शिक्षक सरस्वती धामीले बताउनुभयो । 

विद्यालयले जेठ ३१ गते विद्यालयका सबै छात्राहरुलाई प्याड वितरण गर्ने कार्यक्रम समेत राखिएको बिद्यालयल् जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा