२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

शहीदको जन्मस्थानमा शालिक बन्ने

१६ जेष्ठ २०७६, बिहीबार १२:५८

जेठ १६, ओखलढुङ्गा । शहीद यज्ञबहादुर थापाको जन्मस्थानमा उहाँको शालिक बनाइने भएको छ । प्रजातान्त्रिक आन्दोलनका योद्धा थापाको सम्झनामा उहाँको जन्मभूमिमा पूर्णकदको शालिक बनाइने भएको हो ।

शहीदको सम्झना र सम्मानमा शालिक निर्माण गर्न लागिएको चिशङ्खुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताउनुुभयो । “अहिलेको नेपालको परिकल्पना गरेर उहिले नै अधिकार प्राप्तिको आन्दोलनमा लागेकै कारण ज्यान गुमाएका शहीदको सम्मानमा शालिक बनाउन थालेका छौँ”, अध्यक्ष शर्माले भन्नुभयो, “चिशङ्खुगढी गाउँपालिका शहीद भूमि पनि हो । शहीदका सपना साकार पार्नुपर्ने हाम्रो दायित्व छ ।” 

गाउँपालिकाले–२ स्थित साविकको पोखरे गाविस वडा नं ६ र ७ को सिमानामा पर्ने भीमसेन स्थान मन्दिर छेउसँगै शहीद थापाको जन्मस्थलमा शालिक निर्माण गर्न रु २५ लाख रकम विनियोजन गरेको थियो । चालू आर्थिक वर्षभित्रै शालिक निर्माणको काम सकिने गाउँपालिकाले जनाएको छ । शहीद थापाको पूर्णकदको शालिकको बुधबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गर्नुभयो । पित्तलबाट बनाइने शालिकको उचाइ ६.५ फिटको रहनेछ । 

यसअघि सोही ठाउँमा शहीद थापाको काठको अर्धकदको प्रतिमा थियो । पूर्णकदको शालिक निर्माण भएपछि अर्धकदको शालिक हटाइने शालिक निर्माण समितिका अध्यक्ष सन्तोष थापाले बताउनुभयो । शालिकसँगै घेराबारसहित पार्कसमेत निर्माण गरिने उहाँको भनाइ थियो । 

प्रजातान्त्रिक योद्धा क्याप्टेन थापाको १९७४ कात्तिक ४ गते सोही स्थानमा जन्म भएको थियो । शहीद थापा बुबा मकनध्वज थापा र आमा ललकुमारी थापाको कान्छा सन्तान हुन् । तत्कालीन शाही नेपाली सेनाका क्याप्टेन रहनुभएका उहाँ २०१८÷०१९ सालतिर जागिर छाडेर प्रजातन्त्रप्राप्तिको आन्दोलनमा होमिनुभएको थियो । 

नेपाली काङ्ग्रेसको नेतृत्वमा भएका आन्दोलनमा सहभागी थापाले भूतपूर्व सैनिक तथा प्रहरीलाई सङ्गठित गरी पञ्चायती विरोधी आन्दोलनमा लाग्नुभएको थियो । चर्चित टिमुरबोटे काण्डको नेतृत्व गरेका थापालाई विसं २०३५ माघ २७ गते सिरहाको केचना खोलातिरमा तत्कालीन पञ्चायती सरकारको गोली प्रहार गरी हत्या गरेको थियो । विसं ०७२ मा केपी ओली नेतृत्वको सरकारले थापालाई शहीद घोषणा गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह