२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

प्रदेश नं ५ मा लागुऔषध ओसारपसारमा संलग्न ५४ जना पक्राउ

२०७६, १७ जेष्ठ शुक्रबार ०५:१८

जेठ १७, बाँके । प्रदेश नं ५ मा दुई सातामै लागुऔषध ओसारपसारमा संलग्न ५४ पक्राउ परेका छन् । पक्राउ परेकामध्ये चार महिला रहेको बिहीबार बाँकेको कोहलपुरमा सार्वजनिक गरेको प्रदेश नं ५ प्रहरी कार्यालय दाङले प्रकाशित गरेको लागुऔषध बुलेटिनमा जनाइएको छ । 

 तथ्याङ्कअनुसार जेठ १ देखि १५ गतेसम्म ठूलो परिमाणमा लागुऔषधसमेत बरामद भएको छ । चार हजार ९२७ ग्राम गाँजा, नौ हजार ८५६ दशमलव सात ग्राम चरेश र ३७ दशमलव ६५० ग्राम हेरोइन बरामद भएको उल्लेख छ । 

त्यस्तै डाइजेपाम २८५ एम्पुल, फेनार्गन ६८५ एम्पुल, नुफिन ६६० एम्पुल, मेथिन ३०० एम्पुल, नाइट्राभेट ५०० ट्याब्लेट, सेरिज्याक ४०० ट्याब्लेट, नाइट्रोसन ४४८ ट्याब्लेट, ट्राइकेर २० ट्याब्लेट, स्पास्मो १० ट्याब्लेट बरामद गरेको छ । लागुऔषध बुलेटिनको विमोचनका क्रममा प्रदेश नं ५ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) पिताम्बर अधिकारीले खुला सीमाका कारण बाँकेमा लागुऔषधको सेवन र कारोबार बढ्दो अवस्थामा रहेको बताउनुभयो ।

 उहाँले भन्नुभयो, “खुला सिमानाका कारण लागुऔषधको प्रयोग तथा ओसारपसारको अवस्था भयावह छ । सबैको सहकार्य र सहयोगले मात्र यसलाई नियन्त्रण गर्न सम्भव हन्छ”, उहाँले बुलेटिनमा आएको तथ्याङ्कले यस प्रदेशको अवस्था निकै डरलाग्दो भएको बताउनुभयो ।

 बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले लागुऔषधको दलदलमा चिकित्सकदेखि समाजका सबै वर्ग फसेकाले सचेतनाको खाँचो आँैल्याउनुभयो । बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेलले लागुऔषधविरुद्ध प्रहरीको सक्रियता बढाएको बताउँदै सबैको सहकार्यले मात्र लागुऔषधविरुद्धको अभियान सफल हुने कुरामा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा