2026-11-01 11:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

नौ वर्षदेखि नदीको पानी पिउन बाध्य

जेठ २३, ओखलढुङ्गा । सुनकोशी नदी किनारमा रहेको ढेबुवाघाटमा खानेपानीको चरम अभाव छ । नजिकै खोला बगिरहेको भए पनि गाउँमा पानीको अभाव बढ्दै गएको हो । ढेबुवाघाटका माझीले पिउँदै गरेको पानीको मुहान सुकेपछि खानेपानीकोे समस्या झन् बढ्दो छ । 

सुनकोशी गाउँपालिका–१ ढेबुवाघाटका माझी समुदायका स्थानीय वर्षौँदेखि नदीको दुषित पानी पिउन बाध्य छन् । उनीहरुले विगत नौ वर्षदेखि नदीको पानी खानेपानीका रुपमा प्रयोग गर्दै आएका हुन् । पानीको स्रोत नहुँदा वर्षामा सुनकोशीमा बाढी आउने भए पनि आफूहरुले नदीकै पानी पिउनुपरेको स्थानीय रहबहादुर माझीले बताउनुभयो ।

गत वर्ष सुनकोशी गाउँपालिकाले पम्पसेट निर्माण गरेर खानेपानीको सुविधा दिने प्रयास गरे पनि अन्य मुहान नभएको भन्दै सुनकोशी नदीकै पानी गाउँमा पु¥याइएको छ । “शुरुशुरुमा नदी किनारबाट शुद्ध खानेपानी निकाल्ने तरिका हामीलाई थाहा थिएन”, उहाँले भन्नुभयो, “निकै वर्षसम्म फोहर पानी खाइयो, अहिले नदी किनारमा पोखरी खनेर पानी निकालेका थियौँ ।” त्यो पोखरी पनि सुनकोशीमा आएको बाढीले पुरिएको र पम्पमार्फत आउने पानी बढी धमिलो आउने गरेको उहाँको भनाइ छ । अहिले स्थानीयवासी नदीमा बगेर आएको गन्हाउने धमिलो पानी पिउन बाध्य छन् ।

 ढेबुवाका स्थानीयवासीलाई नदीको फोहर पानी खानाले विभिन्न किसिमका रोगले सताउने गरेको छ । “पानीकै कारणले बेला–बेलामा पेट दुख्ने, झाडापखाला लाग्ने गर्छ”, रहबहादुर भन्नुहुन्छ, “हिउँदमा भन्दा बर्खामा बढी बिरामी भइन्छ ।” ढेबुवाघाटमा सात घरपरिवारका करीब ६० जना बस्छन् । बालबलिका तथा वृद्धवृद्धालाई दुषित खानेपानीका कारणले लाग्ने रोगले अलि बढी सताउने गरेको छिमेकी गाउँ सिन्धुली रत्नवतीका शरण माझीले बताउनुभयो । वडा कार्यलयले गत वर्ष रु पाँच लाखको लागतमा पम्पसेट निर्माण गरेको भए पनि वैकल्पिक मुहान नहुँदा सुनकोशीको धमिलो पानी पिउनुपर्ने स्थानीयवासीको बाध्यता हटेको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द