२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

रु २० लाखसहित दुई भारतीय नागरिक पक्राउ

२०७६, ३२ जेष्ठ शनिबार १३:२७

जेठ ३२, बाँके | नेपालगञ्जस्थित भारतीय सीमानाका जमुनाहबाट रु २० लाखसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहले खानतलासी गर्ने क्रममा सो रकम फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार, पक्राउ पर्नेमा भारतीय नागरिक कोमल गुप्ता र सोनु गुप्ता रहेका छन् । बरामद भएको रकम कहाँबाट र कुन प्रयोजनका लागि ल्याइएको भन्ने नखुलेको उहाँले बताउनुभयो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिनुभयो ।

नालामा डुबेर एकको मृत्यु

यसैगरी बाँकेको कोहलपुरस्थित डुडुवानालामा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु भएको छ ।

शनिबार नालामा पौडी खेल्ने क्रममा कोहलपुरका २८ वर्षीय मुक्तिप्रसाद आचार्यको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार, कोहलपुर नगरपालिका–१२ चपरगौडीस्थित डुडुवा पुल नजिक पौडी खेल्ने क्रममा आचार्य बेपत्ता हुनुभएको थियो । डुबेलगत्तै स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारमा जुटे पनि जीवितै उद्धार गर्न नसकिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सिंहले जानकारी दिनुभयो ।

यो नालामा प्रत्येक वर्ष पौडी खेल्ने व्यक्तिको डुबेर मृत्यु हुँदै आएको छ । पानी कम भएका कारण नालाको माथिबाट पौडिन हामफाल्दा नालाको जमीनमा हिलोमा फसेर मान्छे डुब्ने गरेको स्थानीयवासी अगुवा सूर्य ढकालले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो