२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

डेङ्गु संक्रमण बढ्दै

१३ असार २०७६, शुक्रबार ०५:२६

असार १३,  सप्तरी |सप्तरीको सप्तकोशी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमण देखिएको छ । सप्तकोशी नगरपालिका–२ की २६ वर्षीया अनिता राजधामीको कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रगत परीक्षण गर्दा डेङ्गुको सङ्क्रमण देखिएको हो ।

निरन्तर आएको ज्वरो कम नभएपछि स्वास्थ्य केन्द्रमा जाँच गर्दा राजधामीमा डेङ्गुको सङ्क्रमण देखिएको कञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले बताउनुभयो । उहाँकी दिदी धरानमा बसोबास गर्ने भएकाले उतैबाट सङ्क्रमण आएको हुनसक्ने आशङ्का गरिएको छ ।

 यसअघि असार ४ गते कञ्चनरूप नगरपालिका–६ जमुवाका २७ वर्षीय रमाकान्त चौधरीमा डेङ्गु रोगको सङ्क्रमण देखिएको थियो । उनका दाजु ३२ वर्षीय देवकान्त चौधरी डेङ्गु रोगले सङ्क्रमित भई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेका बेला घर फर्किएका रमाकान्तको परीक्षण गर्दा रमाकान्तमा समेत सङ्क्रमण फेला परेको स्वास्थ्य शाखा प्रमुख गुप्ताले जानकारी दिनुभयो । दुवै दाजुभाइ धरानमा फलामको ग्रिल बनाउने मजदुर हुन् । रमाकान्तको असार ५ गतेदेखि कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । 

डेङ्गुको सङ्क्रमण फेला परेपछि कञ्चनरुप र सप्तकोशी दुवै नगरपालिकामा उच्च सतर्कता अपनाइएको छ । कञ्चनरुप नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले विभिन्न वडामा गई ज्वरो आएका ३१ बिरामीको रगत परीक्षण गरेको छ । डेङ्गु रोग फैलिन नदिन नगरपालिकाले जनचेतनामूलक कार्यक्रम शुरु गरेको जनाएको छ ।

 स्थानीय एफएम रेडियोबाट सचेतनामूलक सन्देश प्रसारण, घर वरिपरि सरसफाइ, पानी जम्ने खाल्डाखुल्डी पुर्ने र पानी जमिरहने ठाउँमा मट्टितेल छर्केर लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान शुरु गरिएको कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्रले बताउनुभयो । नगरपालिकाले डेङ्गु रोग, यसका लक्षण र बच्ने उपायका विषयमा जानकारी दिन स्वयंसेविका परिचालन गरेको छ ।

कञ्चनरुप नगरपालिकासँग डेङ्गु परीक्षण गर्ने किट सकिएको जानकारी दिनुहुँदै स्वास्थ्य शाखा संयोजक गुप्ताले इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँ टेकुमा किटको माग गरिएको जानकारी दिनुभयो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति