2026-09-01 09:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

वामीमा बडादशैको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

अनिश गैरे/ असोज २३, वामी (गुल्मी) । बिजया दशमी, शुभ दिपावली तथा छट पर्वको अबसरमा वामीमा रहेको रुद्राबति बहुमुखी क्याम्पसमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल शिक्षक संघ ईलाका नम्बर ९ कौ आयोजनामा ईलाका नम्बर ९ र ४ को सहभागीतामा शुभकामना आदन प्रदान कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन पश्चात कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २का क्षेत्रीय सचिब तथा तरुण दल गुल्मीका अध्यक्ष खिलध्वज पन्थीले शिक्षकहरुनै समाज रुपान्तरणको सबांहक भएकोले शिक्षकहरुमा आफ्नो पेशा प्रति कटिबद्धताको भावना हुनुपर्नै बताउनुभएको छ । जसरी एउटा सिकर्मी, डकर्मी लगायतहरुले बनाएका बिबिध कला सामाग्रीहरुले जत्तिको प्रशांसा पाउछन त्यत्तीकै रुपमा शिक्षकहरुको पनि सबै क्षेत्रबाट प्रशासित हुनुपर्नै बताउनुभएको छ । प्रसँग बदल्दै उहाँले भर्खरै बनेको सबिंधानले सबै गरिब, दलित जनजाती, एकल महिला पिछडिएका बर्ग लगायतको प्रतिनिधित्व गरेको र यो सबिंधान समाबेशी, लोकतान्त्रिक रहेको बताउनुभयो । सात सालदेखीको नेपालीहरुको सपना यस सबिंधानले पुरा गरेको भन्दै नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शुसील कोईराला सबिंधानका पिता भएको उहाँको भनाई छ ।

त्यसैगरी शुभकामना मन्तब्य ब्यक्त गर्दै शिक्षक संघ गुल्मीका अध्यक्ष प्रेम नारायण भण्डारीले शिक्षकहरुलाई आस्थाका आधारमा कसैले औला उठाएमा उस्को औला काट्ने काम आफ्ना भएको बताउनुभएको छ । आफुहरु बिचारले प्रगतीबादी, मानबअधिकार, स्वतन्त्रका हिमायती भएकाले हरेक ब्यक्तिको मायाको श्रोत शिक्षक हुनुपर्नैमा उहाँको जोड रहेको छ । त्यसैगरी कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्दे नेपाली काङ्ग्रेस ईलाका नम्बर ९ का संयोजक सदर्शन शाक्य, नेत्र ज्योती संघका यसेष्कर तथा वामीका नेपाली काङ्ग्रेस पार्टी सभापति कृष्णहरी सापकोटा, सचिब तेजेन्द्र जिसी, वामी श्रोत केन्द्रका श्रोत ब्यक्ती देबिराम शर्मा, रुद्राबति बहुमुखी क्याम्पस वामीका सञ्चालक समिति सदस्य कृष्ण प्रसाद सापकोटा, नेपाली काङ्ग्रेस कुर्घाका सचिब तथा शिक्षक संघ गुल्मी पुर्ब सदस्य मृगेन्द्र रिजाल, नेपाल बिद्यार्थी संघ गुल्मीका कार्य समिति सदस्य बोम बहादुर परियार लगायतले आउँदै गरेको बिजया दशमी तथा शुभ दिपावलीको शुभकामना दिनुभएको थियो ।

कार्यक्रमकै अबसरमा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ का सभासद चन्द्र भण्डारीले वामीमा रहेको गौमती प्राबिको लागी २० हजार र अशक्त डिल बहादुर कुमाललाई १० हजार सहयोग गर्नै प्रतिबद्धता अनुसारको सहयोग रकम समेत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा नेपाल शिक्षक युनीयन गुल्मीका अध्यक्ष भिमलाल सापकोटा, शिक्षक संघ गुल्मीका अध्यक्ष प्रेम नारायण भण्डारी, वामी श्रोत केन्द्रका श्रोत ब्यक्ती देबिराम शर्मा, ईलाका नम्बर ९ का ईलाका संयोजक सुदर्शन शाक्य लगायतको बिशेष आतिथ्यता रहेको थियो । शिक्षक संघ ईलाका नम्बर ९ का सभापति तेज बहादुर महतको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन नेपाल राष्ट्रिय त्रिभुबन उमाबि मुसीकोटका शिक्षक तथा रेडियो पुष्पाञ्जलीका कार्यकारी प्रमुख कौरब खत्रीले गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न बिद्यालयहरुका ब्यबस्थापन समिति सदस्यहरु, शिूक्षकहरु ल्गायत शिक्षा प्रेमीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला