2026-11-01 09:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा पहिरोले २१ परिवार प्रभावित

असार १३, पाँचथर | पाँचथरको सुदूरउत्तरी याङवरक गाउँपालिका–२ फलैँचाको उच्च पहाडी भेगमा रहेका छ वटा बस्तीमा गत मङ्गलबार बेलुकी आएको पहिरोबाट सात घर परिवार विस्थापित बनेका छन् । घर नजिकै पहिरो गएका कारण बाँकी १४ परिवार प्रभावित बनेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार पहिरोबाट याङवरक गाउँपालिका–२ फलैँचाको चिङ्मा र मुक्लाबुका सात परिवार पूर्णरुपमा विस्थापित भएका हुन् । यहाँका सन्तोष बेघा, मिलन माङ्मु, दलबहादुर चौहान, लालबहादुर चौहान, पहलमान राई, जसबहादुर राई र राजेश राईको परिवार पहिरोका कारण विस्थापित भएका हुन् । विस्थापितमध्ये पहलमान राईको घर पहिरोले बगाएको छ भने अन्यको घरमा समेत बस्न नसकिने अवस्था रहेको छ । विस्थापित सात परिवारका जम्मा ४२ सदस्य छन् । 

यहाँको चिङ्मा बस्तीका भीमबहादुर राई, पूर्णबहादुर राई, टङ्क माङ्मू, लालबहादुर राई, दिलबहादुर माङ्मु, बालकृष्ण राई, कृष्णबहादुर राई, विष्णुमाया राई, हर्कमान राई र दिलकुमारी राई तथा मुक्लाबु बस्तीका डिकबहादुर बानियाँ, कपिलमान राई, सेरमान राई र ईश्वरी बेघा पहिरोबाट प्रभावित बनेका हुन् । निरन्तरको वर्षापछि यहाँका सेपी, चिङ्मा, बेतेनी, धिमाले, मुक्लाबु र गङ्गावा बस्तीमा पहिरो गएको हो । वडाध्यक्ष देउकुमार योङहाङका अनुसार रातिबाट पहिरो जान थालेपछि स्थानीय घर छोडेर भागेका थिए । बस्तीभन्दा माथि डुँडे चौर नामको ठूलो खुला मैदान रहेका कारण स्थानीयवासी त्यहाँ पुगेका थिए । 

निरन्तर वर्षा भएका कारण पहिरो जाने क्रम निरन्तर रहँदा स्थानीयवासीलाई भाग्नसमेत समस्या परेको थियो । “दुई दिनदेखि पानी परिरहेको थियो । वर्षाकै कारण मोबाइलमा नेटवर्कसमेत नआउने भएका कारण स्थानीयले समयमा खबर गर्नसमेत पाएनन्”,वडासदस्य प्रेमबहादुर राईले भन्नुभयो, “जे होस् डुँडे चौर पुगेर ज्यान जोगाउनु भयो ।”

चालू आर्थिक वर्षमा अरु मानव बस्तीबाट छ घण्टाको पैदल दूरीमा रहेको बर्मे भन्ने स्थानमा मोटरबाटो पु¥याउन यहाँको सन्त गोलाइ भन्ने स्थानबाट सेपी–चिङ्मा हुँदै मोटरबाटो निर्माण गरिएको छ । निरन्तरको वर्षा र मोटरबाटो निर्माणका कारण पहिरो गएको स्थानीयवासीको भनाइ छ । “यो अत्यधिक वर्षा हुने ठाउँ हो”,स्थानीयवासीसमेत रहनुभएका वडासदस्य राईले भन्नुभयो, “वर्षा भइरहे सेपी र बेतेनीका करीब ९० घर परिवार आ–आफ्नो घरमा बस्न सक्नुहुन्न । उहाँहरुका लागि वैकल्पिक व्यवस्था गरिनुपर्छ ।”

पहिरोबाट २५ किलोवाट क्षमताको मेजर चिङ्मा रवि खोला लघु लजविद्युत् आयोजनाको इन्टेक, पावर हाउसलगायत अधिकांश संरचनामा क्षति पुगेको छ । पहिरोले गोठसमेत बगाएको छ । कति पशु चौपाया मरे भन्ने यकिन विवरण प्राप्त भइसकेको छैन । यहाँको मुख्य आम्दानीको स्रोत नै पशुपालन हो । अधिक वर्षा हुने समय भएका कारण अहिले भेडा, गाई तथा चाँैरी गोठ बस्ती छेउमै रहेको वडाध्यक्ष योङहाङले बताउनुभयो । अझैसम्म वर्षा भइरहेका कारण स्थानीयवासीमा पहिरो जाने त्रास कायम रहेको उहाँको भनाइ छ । 

डुँडे चौरमा आश्रय लिएर बसेका पीडितलाई याङवरक गाउँपालिका, पाँचथर उद्योग वाणिज्य सङ्घ र नेपाल रेडक्रस सोसाइटी पाँचथर शाखाले बिहीबार राहत सामग्री प्रदान गरेका छन् । यी संस्थाले पीडित परिवारलाई ३५० किलो चामल, १५० किलो चिउरा, ३५ काटुन तेल, १६ काटुन चाउचाउ, ३० थान कम्बल, १५ थान त्रिपाल, १५ थान भाँडावर्तन तथा लत्ताकपडा वितरण गरेको याङवरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द