2026-11-02 03:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

शहीदका परिवारप्रति विभेद गरेको आरोप

असार १५, सप्तरी | प्रदेश नं २ सरकारले शहीद र बेपत्ता परिवारलाई भेदभाव गरेको शहीद, बेपत्ता तथा घाइते परिवार सप्तरीले आरोप लगाएको छ । देश र जनताका लागि शहीद हुनेहरु कुनै अमुक पार्टीको नहुने तर्क गर्दै शहीद, बेपत्ता तथा घाइते परिवार सप्तरीका अध्यक्ष रीता चौधरीले प्रदेश नं २ सरकारले शहीद, बेपत्ता र घाइते परिवारलाई दिने सेवासुविधामा विभेद गरेकामा दुःख व्यक्त गर्नुभयो ।

राजविराजमा शनिबार पत्रकार सम्मेलन आयोजना गरी परिवारले प्रदेश सरकारबाट मधेस आन्दोलनका शहीद र घाइते परिवारलाई मात्र सेवासुविधा दिई जनआन्दोलन र माओवादी जनयुद्धका शहीदको उपेक्षा भइरहेको गुनासो गरेको हो । पछिल्लोपटक प्रदेश नं २ को भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मधेस आन्दोलनका शहीद तथा घाइते परिवारलाई लक्षित गरी दुधालु गाई–भैँसी वितरण गरेर अन्य शहीदप्रति अपमान तथा विभेद गरेको अध्यक्ष चौधरीको आरोप छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा विगतमा भएको सबै आन्दोलन र सङ्घर्षको योगदान रहे पनि शहीदप्रति पूर्वाग्रह भएर प्रदेश नं २ सरकारले पक्षपातपूर्ण व्यवहार गरेको शहीद परिवारका सदस्य डानेश्वरी नगरपालिका–१० का राजेशकुमार रामले बताउनुभयो ।

शहीद तथा घाइते परिवारलाई लक्षित गरी भइरहेको उन्नतजातको गाई–भैँसी वितरण कार्यक्रम पक्षपातपूर्ण रहेको र शहीदको अपमान भइरहेको भन्दै शहीद परिवारका सदस्य सप्तकोशी–१ का ललितराज घिमिरेले प्रदेश नं २ सरकारको त्रूटिपूर्ण कार्यविधि सच्याई सम्पूर्ण शहीद र घाइते परिवारलाई समान व्यवहार गर्नुपर्ने माग गर्नुभयो ।

प्रदेश सरकारले पक्षपातपूर्ण निर्णय नसच्याए प्रदेशका आठै जिल्लामा मोर्चा बनाई सङ्घर्ष गर्ने चेतावनी दिँदै समितिका अध्यक्ष चौधरीले आज सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत मुख्यमन्त्री र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको बताउनुभयो ।

प्रदेश नं २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जारी गरेको कार्यविधिको ढाँचामा नै ‘मधेस आन्दोलनका शहीद परिवारलाई लक्षित गरी उन्नत नस्लको दुधालु गाई वा भैँसी उपलब्ध गराउने कार्यक्रममा सहभागी हुनका लागि इच्छुक रहेकाले यो निवेदन पेश गरेको छु”,उल्लेख भएकाले जनआन्दोलन र माओवादी युद्धमा शहीद भएका परिवार निवेदन दिनबाट वञ्चित रहेको अध्यक्ष चौधरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द