२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

तिन घर पहिरो पिडीतहरुको लागी झण्डै ५ लाख ५० हजार सहयोग

२०७२, २५ कार्तिक बुधबार २०:२०

अनिश गैरे । कात्तिक २६, गुल्मी । गुल्मी जिल्ला कुर्घा गाबिस वडा नम्बर ६ पौसिया भन्ने स्थानका ३ पहिरो पिडीतहरुको लागी झण्डै ५ लाख ५० हजार बराबरको सहयोग प्राप्त भएको छ ।

सोही ठाँउ निबासी रामकुमारी थापा, भिमबहादुर थापा तथा गुमान बहादुर थापा का तिन परिवारहरु श्रावण २६ गते बिहान गएको भिषण पहिरोको कारण जोखीममा परेका थिए । ति परिवारहरुको लागी छुट्टै बासस्थान बनाउनुपर्ने भएकाले देश तथा बिदेशमा रहेको प्रवासी नेपालीहरुले ५ लाख ३६ हजार ४ सय ६३ रुपैया सहयोग प्राप्त भएको हो । जस मध्ये कुर्घा सेबा समिति जापान बाट बुद्ध रायमाझी, कृष्ण केसी, दिपक रायमाझी, कृष्ण खत्रीको सक्रियतामा ४ लाख ३१ हजार ५२ रुपैया सकंलन भएको त्रिभुवन उमाबि कुर्घाका शिक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो । त्यसैगरी लण्डनबाट सुर्य चन्द्र अर्यालका छोरा कृष्ण प्रसाद अर्यालको सक्रियतामा ८४ हजार ३ सय ६६, नेकपा एमाले कुर्घाको सक्रियतामा २१ हजार ४५ रुपैया संकलन भएको समेत जानकारी दिनुभयो । आज एक कर्याक्रमको आयोजना ति तिन पिडीत परिवारहरुलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

समाजसेवी खड्क बहादुर खड्काको अध्यक्षता, कुर्घा सेबा समिति जापानका सल्लाहकार सदस्य बुद्ध रायमाझीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सुर्य चन्द्र अर्याल, कृष्ण बहादुर रायमाझी लगायतको बिशेष उपस्थिती रहेको थियो । भने कार्यक्रमको सञ्चालन त्रिभुवन उमाबि कुर्घाका शिक्षक सुकदेव रिजालले गर्नुभएको थियो । सहयोग रकम कार्यक्रमका प्रमुख अतिथिले हस्तान्तरण गर्नुभएको थियो । श्रावण २६ गतेको घट्ना पश्चात सामुदायिक रेडियो पुष्पाञ्जलीले कुर्घाका तिन परिबारहरु पहिरोको उच्च जोखीममा भन्ने शिर्षकका प्राथमीकताका साथ समाचार प्रशारण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ