2026-10-27 04:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

विदेश उड्दै शहर पस्दै, गाउँ रित्तिदै

प्रेम सुनार/मङ्सिर १२, गुल्मी । गाउँमै केहि गरेर देखाउने सोचका साथ छोराहरु विदेश गएका हुन् । कसैले खरले छाएको त्यो घरमा टिन हाल्ने , कसैले पल्लास्टर गर्ने त कसैले पक्की घर बनाउने सपनाहरु बोक्दै विदेश हिडेका थिए ।

तर विदेश गएको एक वर्ष नपुग्दै आफ्नो घर सजाउने , अरु खेतवारी जोर्ने सपनाहरु छोराहरुले विर्सदै जान्छन् ।अनि वुटवल , भैरहवाह, लगायतका शहरमा घडेरी किन्ने र वसाई सराई गर्ने तिर लाग्छन् ।

gulmi news copy

यहि कारणले गर्दा क्रमिक रुपमा गुल्मीका अधिकांस ग्रामिण भेग रित्तैदै छन् । एका दुई दशक पछि देश प्रदेशबाट गाउँ फर्किदा विरक्त लाग्छ । हिजोका ति तिन तले ढुङ्गाले छाएका घरहरु भत्कीएर भग्नावशेष जस्तै देख्न सकिन्छ । हिजो त्यस्तो धान फल्ने खेत र त्यस्तै कोदो मकै फल्ने वारीहरु अहिले वाँझीएर सार्वजानिक वन जस्तै बनेका छन् ।

उदाहरुणका लागि हामीले कुर्घा गाविसलाई लिएका छौं । केहि वर्ष पछि त्यस कुर्घा गाविस र त्यस आसपासका माथील्ला वस्तीहरुमा पुग्दा हिजोको त्यो गाउँ क्रमशः रित्तीदै गएको देखियो ।

वारीबाट पारीको जंगल देखाउँदै कुर्घाका समाज सेवी सुरेशचन्द्र अर्यालले भने–‘हेर्नुस् त्यो पारीको वन जंगलमा हिजो हराभरा गाउँ वस्ती थियो भन्दा अहिले कसले पत्याउला ? हिजो मेरै आँखाले देख्या त्यो ठाउँमा हराभरा वस्ती भएको अहिल अवस्था त्यस्तो छ ।’

कुर्घामा विदेश जानेहरुको संख्या बढि छ । जसका कारण कुर्घाको माथील्लो वस्ती रित्तो हुँदै गएको अर्यालले बताए । विदेश गयो कि शहर ताक्नै पर्ने लहर चलेकोले विस्तारै गाउँ रित्तिदै जाने चिन्ता बढेको अर्यालको भनाई छ ।

‘म आफै पनि माथी गाउँबाट तल वेसी खेतमा वसाई सराई गरेको हुँ अर्यालले भने–‘ तल आएर यो घर बनाएको १५ वर्ष पुग्यो । जुन घर बंगला बनाउन अहिले १० लाख भन्दा बढि लाग्छ तर यसपालीको भुकम्पले खल्काई दिए पछि डरले वाहिर छाप्रोमा सुत्दै–बस्दै आएका छौं ।’ वैशाख १२ गते भुकम्प आउँदा छोरा कृष्णप्रसाद लण्डनबाट आएको थियो घर भत्केपछि उसले वसाई सराईको सोच बनाएको छ अव यहाँबाट पनि छोराले कहाँ वसाई सार्ने हो भन्ने चिन्ता छ –अर्यालले भने ।

‘कुर्घा ४ मा रहेका धेरै जसो व्राम्हण समुदाय बसाई सराई गरे, अहिले हामीहरु मात्रै छौ’ स्थानिय दलित अगुवा कृष्णबहादुर बिश्वकर्माले. भने –‘मैले पनि छोरो विदेश गए पछि तल मोटरबाटोमा घडेरी किनेको छु घर बनाएर सर्ने सोचमा छु ।’

कुर्घा–५ भुवाचिदीका पुराना समाज सेवी नरहरी सपकोटाले अलिकती कमायो कि सुख–सुविधा खोज्ने प्रबृद्धिले यस्तो भएको बताए । तत्कालिन जिल्ला पञ्चायतको सदस्य र पुर्खेयौली घर वामीका प्रधानपञ्च समेत रहेका सापकोटाले भने–‘ मैले चाहेको भए त्यति वेला तम्घास बजारमा घर बनाउन पनि सक्थे तर मैले त्यो चाहिन गाउँ कै खेतवारी मै रमाउनु पर्छ भनेर यतै वसे ।’

उनले थपे–‘ अहिले भारतले हामीलाई नाकावन्दी गरेको होईन चेतना दिएको हो । गाउँबाट शहर पस्ने, अरुले उत्पादन गरेको वस्तुको आश गरेर बस्ने, आफुले घरमा केहि नगर्ने, अरुलाई कजाएर खाने अहिलेका अल्छी नेपालीहरुलाई यसपालीको नाकावनदीबाट चेत पस्नै पर्छ ।’ जिल्ला पञ्चायतको सदस्य रहँदा जनताहरु संगै आफुहरुले पनि गैची चलाएर तानसेन तम्घास सडक खनेको अनुभव सुनाउँदै उनले प्रश्न गरे ल भन्नुस अहिले कुन चाँही नेताले आफै वाटो खन्छ ? यहाँ सम्म कि उसले नियमित अनुगमन समेत गर्न आउँदैन् ।

आत्मनिर्भता आफैबाट सुरु गर्नु पर्छ भन्दै मैले पसल हुँदाहुँदै पनि गाई भैसी पालेको छु तेल महँङ्गो भएको चिन्ता मलाई छैन घर मै घिउ टन्न छ । हिजो त वर्षमा दुईचार टिन घिउँ म आफै पाल्पा वुटवल सम्म वोकेर बेच्न जान्थे र त्यहाँबाट नुन वोकेर आउँथे ’– उनले आफ्नो अनुभव सुनाए । उनले ग्याँस र विधुतका लागि समेत अरुको मुख ताक्न नपरेको बताए । ‘गाई भैसी पालिएको छ त्यसको गोवरबाट ग्याँस चुलो चलाईएको छ, वत्ती पनि निर्धक्क वालिएको छ अहिले भारतको नाकावन्दीले मलाई केहि फरक पारेको छैन’– सापकोटाले थपे –‘पारेको भए उनै यो गाउँ छाडेर शहर पस्नेहरुलाई पारेको होला ।’

कुर्घा भुवाचिदीका समाज सेवी ज्ञानहरी सापकोटाका अनुसार कुर्घा वडा नम्वर १ र २ का ७८ घरधुरी मध्ये अहिले वसाई सराईका कारण जम्मा ३४ घरधुरी रहेका छन् । वडा नम्वर ४ को माथील्लो वस्ती , वडा नम्वर ६, ७, ८ र ९ को अवस्था पनि वडा नम्वर १ र २ को जस्तै रहेको सापकोटाले बताए । उनका अनुसार केहि वर्ष अघि सम्म कुर्घामा ८ देखि ९ सय घरधुरी रहेकोमा अहिले जम्मा ६ सय ५० घरधुरी रहेका छन् ।

कुर्घा मात्र होईन छिमेकी गाविस वामी, अर्लाङ्गकोट , यता आँपचौर, तुराङ्ग, रुपाकोट लगायत खोलालाईनमा रहेका हरेक माथील्लो भेगका मलिला वस्तीहरु अहिले वसाई सराईका कारण रुखो जंगलमा परिणत भएका छन् । कुर्घा सहित त्यस क्षेत्र नम्वर १ का अधिकांस गाविसहरुका माथील्ला वस्तीहरु वसाई सराईका कारण रित्तिदै गएका छन् ।

क्षेत्र नम्वर १ मा मात्र होईन क्षेत्र नम्वर ३ बाट पनि वसाई सराईका कारण अधिकांस गाउँहरु रित्तिदै गएका छन् । ति क्षेत्र भन्दा केहि सुगम मानिने क्षेत्र नम्वर २ मा पनि वसाई सराईको क्रम अहिले बढ्दै गएको छ ।

तर गाउँ छाडेर तराई र अन्य शहरमा वसाई सराई गर्नेहरुले यति वेला भारतिय नाकवन्दीको मार सहे पछि किन आईछ बेकारमा त्यही गाउँ नै ठिक रहेछ छ भन्दै पछुताउन थालेका छन् ।

गुल्मीको बडागाउँबाट भैरहवामा तिन तले पक्की घर हावा एसी लगायतको सुविधा लिदै बसाई सराई गरेका गोकर्ण सुनार भन्छन–‘ भारतिय नाकवन्दीको असर गाउँ मै भएको भए यति सम्म पर्दैन्थ्यो । अहिले त गाउँ नै ठिक लाग्यो । ’

तस्वीरः कुर्घा र आँपचौरको सिमानामा एक समयको हराभरा गाउँ वस्ती अहिले रुखो वन जंगल जस्तो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला