२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

वामीमा ५० शैयाको हस्पिटल निर्माणको लागी आबश्यक काम अगाडी बढ्यो

२७ पुष २०७२, सोमबार १३:५१

पुस २७, वामी (गुल्मी) ।  शालीमे ईन्भेस्टमेन्ट कम्पनी प्रालिको बृहत भेला तथा कार्यबिभाजन कार्य सम्पन्न भएको छ । भेलाले संस्थाको लागी कार्य बिभाजन गर्ने, दैनिक कार्य सञ्चालनको लागी कार्यालय स्थापना गर्ने, कारोबार सञ्चालनको लागी बैङ्कमा खाता सञ्चालन गर्ने, स्थाई लेखा नम्बर पान दर्ता गर्ने लगायतका बिषयमा छलफलको गरेको छ ।

छलफलको क्रममा कम्पनीका सञ्चालक सुदर्शन शाक्यलाई अध्यक्षको जिम्मेवारी दिने, त्यस्तै गरी मोहनलाल श्रेष्ठलाई उपाध्यक्ष, अग्निधर लोहनीलाई सचिब, महेश जिसीलाई कोषाध्यक्षको जिम्मेवारी प्रदान गेको छ । त्यसैगरी कृष्णहरी सापकोटा,गोपिकृष्ण खरेल र भुवन केसीलाई सदस्यको जिम्मेवारी दिईएको छ । बैठकले संस्थाको कार्यालय सञ्चालनको सचिब लोहनीको घरमा कोठा बहालमा लिने, कारोबार सञ्चालनको लागी ग्लोबल आईएमई बैङ्कमा खाता सञ्चालन गर्ने निर्णयहरु गरेको छ । त्यसैगरी संस्था सञ्चालनमम बिशेष सहयोग गर्ने उद्योग बाणिज्य संघ वामी शाखा प्रति पनि धन्यबाद ब्यक्त गरेको छ । कार्यक्रम कम्पनीका सञ्चालक सुर्दशन शाक्यको अध्यक्षता तथा उद्योग बाणिज्य संघ वामी शाखाका सचिब महेश्वर घिमीरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

कम्पनीको मुख्य काम भनेको वामीमा प्रस्ताबित ५० शैयाको अस्पताल सञ्चालनको कामलाई अगाडी बढाउनु रहेको छ । कम्पनीले ५० शैयाको लुम्बिनी वामी हस्पिटल प्रालि वामीमा सञ्चालन गर्नको लागी प्रक्रिया अगाडी बढाई सकेको छ । भने एक बर्ष भित्रमा हस्पिटल निर्माणको कामलाई अगाडी बढाइने योजना रहेको छ । हस्पिटल निर्माणको लागी वामी ३ परुवामा ७ रोपनी जग्गा निशुल्क प्राप्त भएको छ भने १३ रोपनी जग्गा खरिद गरीएको छ । हस्पिटलको लागी वामी ३ परुवामा दल बहादुर शाक्य र घनश्याम सापकोटाले निशुल्क जग्गा प्रदान गर्नुभएकोछ । हस्पिटलको निर्माण पश्चात केही समस्याग्रस्त बिरामी भएमा पाल्पा तथा बुटवल सम्म जानु पर्ने बाध्यता हट्ने छ । पाल्पामा रहेको लुम्बिनी हस्पिटल संगको समन्वयमा शाखाको रुपमा हस्पिटल वामीमा निर्माण हुन लागेको हो ।

-अनिश शर्मा गैरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे