२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

वामी गाबिसमा सिँचाइको सुबिधा हुने

३ माघ २०७२, आईतवार १३:५१

माघ २, वामी (गुल्मी) ।  वामी गाबिसलाई सिँचाईयुक्त बनाउने एक परियोजना कार्यान्वयनमा आउने भएको छ । दरमखोला–वामी लिफ्ट सिँचाई आयोजनाद्धारा वामी गाबिस सिँचाई युक्त हुने भएको हो । वामीको उच्च स्थान वडा नम्बर ४ भलेकामा पानी जम्मा गरी त्यस क्षेत्र भन्दा मुनी पर्ने वडा नम्बर १, २, ३, ६ र ९ को करिब ३ हजार रोपनी जग्गालाई बाह्रै महिना सिँचाई पुर्याउने उद्धेश्यका साथ परियोजनाको काम शुरु हुन लागेको हो ।

नेपाल सरकार सिँचाई मन्त्रालयद्धारा आबश्यक कार्य पुरा गर्नको लागी तोक आदेश भइसकेको हुनाले सरकारको तर्फबाट पनि आबश्यक सहयोग हुने परियोजनाका अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिनुभयो । परियोजना सम्पन्न गर्नको लागी प्रति रोपनी २५ रुपैया संकलन कार्य अगाडी बढिरहेको छ । ने योजना सम्पन्न गर्न करिब ५ करोड लागत लाग्ने समितिले अनुमान गरेको र ईन्जिनियर सहितको टोलीले सर्भे गर्ने कार्य भने बाँकी रहेको परियोजनाका सचिब खगेश्वर सापकोटाले जानकारी दिनुभयो ।

यस सिँचाईले वामी गाबिसलाई कृषि मय बनाउन निकै ठुलो पुग्नेछ । स्थानीयहरुका अनुसार परियोजना कार्यान्वयनमा आउने भनिएपछि उनीहरुलाई निकै खुशी बनाएकोृ छ । परियोजनाले गाबिसमा कृषिका कार्यक्रमहरु थपिदै जाने र गाबिस ब्यबस्थित तथा हरियाली बन्ने समेत बिश्वास गरिएको छ । अबको निकट समयमै परियोजनाको सर्भे हुने र काम शरु हुने बताईएको छ ।

– अनिश शर्मा गैरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह