२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

मालारानीमा ६० घार मौरी बितरण

१६ चैत्र २०७२, मंगलवार १३:५५

चैत १६, वामी गुल्मी ।  गल्मीमै मौरीको लागी प्रख्यात मानिने वामी मालारानीमा आज जिल्ला कृषि बिकास कार्यालय गुल्मीको आर्थिक सहयोगमा लक्ष्मीनारायण महिला कृषि सहकारी संस्थाले मौरी सहितको घार बितरण गरिएको छ ।

गुल्मी जिल्लामै मौरीको लागी पकेट क्षेत्र मानिने वामी ८ मालारानी तथा वामी ७ पुरानागाँउका सहकारी संस्थामा आबद्ध महिलाहरुको जिवनस्तरमा केही भए पनि सहयोग पुग्ने आशा राख्दै आज ६० घार मौरी बितरण गरिएको हो । संस्थाले त्यस क्षेत्रलाई मौरी बिकास क्षेत्रको घोषणा गर्दै बिगत २ बर्षदेखी मौरी सहितको घारहरु बितरण गर्दे आइरहेको छ । संस्थामा आबद्ध महिला सँगै मालारानी तथा पुरानागाँउका करिब ९० प्रतिशत घरहरुमा मौरीको घार बितरण भइसकेको र बाँकी घरमा पनि मौरीको घार बितरण गर्नको लागी गृहकार्य भइरहेको सहकारीकी सचिब यमुना घिमिरेले जानकारी दिनुभयो । मौरीको घार जिल्ला कृषि बिकास कार्यालयको ५० प्रतिशत अनुदान बितरण गर्ने गरिएको छ ।

यद्यपी आर्थिक अवस्था सुदृढ भएका महिलाहरुको लागी ५० प्रतिशत शुल्क बुझाँउन कुनै गाह्रो नभएपनि न्युन आर्थिक अबस्था भएका महिला तथा परिवारको लागी पनि कुनै श्रोत जुटाएर घार बितरण गरिने समेत सचिब घिमिरेले जानकारी दिनुभयो । आज भएको बितरण कार्यमा संस्थामा आबद्ध महिलाहरु बाहेक बाहिरी अन्य परिवारहरुलाई पनि मौरीको घार गरिएको छ ।

मौरीको घार बितरण कार्यक्रममा सहकारी संस्थाकी अध्यक्ष दिल कुमारी मल्लको सभापतित्व रहेको थियो भने नेकपा एमालेका समानुपातिक साँसद दिलशोभा पुनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुनले यस्ता कार्यहरुले महिला लगायत अन्य स्थानीयहरुमा आर्थिक समस्या समाधान गर्नका लागी प्रभाबकारी भुमिका खेल्ने बताउनुभएको थियो । वाम्ी ८ मालारानीमा भएको यस्तो प्राकृतिक उपहारको सबैले सहि सदुपयोग गर्दै यस भेगमा मौरीको राम्रो भबिष्य भएको बताउनुभयो । साथै यस्तो उदाहरणीय कार्य गरेकोमा सांसद पुनले लक्ष्मीनारायण महिला सहकारी संस्थालाई धन्यबाद समेत दिनुभयो ।

कार्यक्रममा बिशेष अतिथि बाली संरक्षण अधिकृत सपना पन्थी, बागवानी अधिकृत पशुपति सिँह, रुद्राबति बहुमुखी क्याम्पसका अध्यक्ष महेश बहादुर जिसी, वामी कृषि सम्पर्क केन्द्रका बिरेन्द्र रावत, मौरी अगुवा कृषक चुमा घर्ती मगर लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्थानीय राजनितिक दलहरुका प्रतिनिधि, समाजसेबी, बुद्धिजिवी, स्थानीय लगायतको उपस्थिती रहेको थियो । सहकारीकी सदस्य हरिमाया छन्त्यालको स्वागत रहेको कार्यक्रमको सञ्चालन संस्थाकी सचिब यमुना घिमिरेले गर्नुभएको थियो ।

 

– अनिश शर्मा गैरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य