२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

ग्वालीचौर ८ का स्थानीयले उत्पादन गरेको दुधले बजार पाउने

२० चैत्र २०७२, शनिबार १५:४०

अनिश शर्मा गैरे/प्रकाश घिमिरे । चैत २०, गुल्मी ।
बाग्लुङ्को ग्वालीचौर ८ का किसानहरुले अब आफ्नो मिहेनतले उत्पादन गरेको दुधको उचित मुल्यका साथ बिक्रि बितरण गर्न पाउने भएका छन । ग्वालीचौरमा आज सम्पन्न भएको स्थानिय बुद्धिजिवि, समाजसेबी लगायतको बसेको भेलाले भोलीबाट नै दुध बितरण गर्ने उद्धेश्यका साथ एक समिति समेत गठन गरिएको छ ।

ग्वालीचौर ८ दाँगमा दुध डेरी सञ्चालन समिति नाम दिइएको सो समितिको अध्यक्षमा लोकनाथ घिमिरे रहनुभएको छ भने उपाध्यक्षमा थुमलाल घिमिरे, सचिबमा नारायण पौडेल रहनुभएको छ । थानापति निमाबिमा सम्पन्न भएको भेलामा नवगठित समितिका अध्यक्ष लोकनाथ घिमिरेको नै अध्यक्षता रहेको थियो भने पशु सेवा कार्यालय बुर्तिबाङ्का पशु बिकास अधिकृत निलकण्ठ शर्मा को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई मैनबत्ती बालेर उद्घाटन गर्दे प्रमुख अतिथि शर्माले बाग्लुङ जिल्लाको पश्चिम भेगमा सबैभन्दा धेरै दुध उत्पादन हुने गरेकामा किसानहरुले आफ्नो दुध बेच्न कुनै माध्यम नभएको कारण यस्तो दुध डेरी सञ्चालन हुनु सुखद भएको बताउनुभयो । किसानहरुले आफ्नो मिहेनत अनुसारको प्रतिफल प्राप्त गर्नको लागी पनि डेरी आबश्यक रहेको र यसरी स्थापन हुनु स्वागत योग्य काम भएको बताउनुभयो ।

त्यसैगरी उहाँले सम्पुर्ण किसानहरुले आफ्नो घरमा हुने दुध ल्याएर दुध बिक्रि गर्न आग्रह गर्नुभयो । कार्यक्रममा पशु सेबा उपकेन्द्र खर्बाङ्का नायब प्राबिधिक सहायक महेन्द्रराज पन्थीको बिशेष उपस्थिती रहेको थियो ।

कार्यक्रमको सञ्चालन थानापति निमाबिका प्रद्यानाध्यापक खिमराज घिमिरेले गर्नुभएको थियो ।
अबबाट ग्वालीचौर ८ दाँगका का किसानहरुले आफ्नो मिहेनतले उत्पादन गरेको दुधलाई एक लिटर बराबर ५० रुपैयामा बिक्रि गर्न पाउने छन । भने स्थानीयहरुले सचिब पौडेलको घरमा दुध ल्याइ पुर्याएमा भिमगिठे बेकरिज उद्योगमा दुध पुग्ने गवालीचौरबाट सहयोगी चिरञ्जिवी घिमिरेले जानकारी दिनुभयो । यसरी दुध डेरी स्थापन हुनु सुखद भएको स्थानीयहरुले प्रतिक्रिया दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य