२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

वामीका बिद्यालयहरुमा पाठ्यपुस्तक बितरण

२०७३, ५ बैशाख आईतवार १४:०६

बैशाख ५, वामी (गुल्मी) ।  सरकारले आजदेखि पाठ्यपुस्तक बितरण शुरु सँगै आज वामी तथा तुराङ् श्रोत केन्द्र अन्तर्गत पर्ने बिद्यालयहरुले पनि पाठ्यपुस्तक बितरण शुरु गरेका छन । वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देबिराम शर्माले दिएको जानकारी अनुसार वामी श्रोत केन्द्रमा केही पाठ्यपुस्तक बाहेक अरु आइसकेको र सम्पुर्ण बिद्यालयहरुमा पनि पठाउने काम भइरहेको छ ।

त्यसैगरी आज महेन्द्र आदर्श उमाबि वामीमा पनि पुस्तकहरु बितरण गरिएको छ । सरकारद्धारा कक्षा १ देखी कक्षा १० सम्म बितरण गरिने पाठ्यपुस्तक हरु बितरण गरिएको हो । पुस्तक बितरण कार्यक्रममा वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देबिराम शर्मा, बिद्यालयका प्राचार्य भिमलाल सापकोटा, सहायक प्राचार्य टिकाराम खराल लगायतले शिक्षक बिद्यार्थी, अभिाभाबहक लगायतको उपस्थितीमा पाठ्यपुस्तक बितरण गर्नुभएको हो ।

उता शारदा बिद्या मन्दिर माबि वामी मैदान, त्रिभुबन उमाबि कुर्घामा पनि पुस्तकहरु बितरण गरिएको छ । त्यसैगरी उता तुराङ श्रोत केन्द्र अन्तर्गत पर्ने बिद्यालयका बिद्यार्थीहरुलाई पनि पाठ्य पुस्तक बितरण गरिएको छ । रामकोट प्राबि रुपाकोटमा श्रोत ब्यक्ति टंकनाथ भण्डारीद्धारा तथा अन्य बिद्यालयहरुमा प्रद्यानाध्यापकहको रोहबरमा बितरण गरिएको छ ।

सरकारले आजदेखि बैशाख १५ गतेसम्म देशभरका सरकारी विद्यालयमा अध्ययनरत करिब ५९ लाख ९५ हजार ७ सय १५ विद्यार्थीको हातमा निःशुल्क पाठ्यपुस्तक वितरण शुरु गरेको छ । त्यसका लागि प्रधानमन्त्रीदेखि सबै मन्त्रीहरू विद्यालय जाने कार्यक्रम तय गरिएको छ । हरेक बर्ष पाठ्यपुस्तकको अभावका कारण सरकारले आलोचना खेप्नुपरेपछि सरकारले यो वर्षदेखि १० दिनसम्म पाठ्यपुस्तक वितरण गर्ने घोषणा गरेको हो ।

प्रधानमन्त्रीदेखि सबै मन्त्री र शिक्षा मन्त्रालय मातहतका निकायका प्रमुख सहसचिवहरू जिल्ला जाने शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठकले पाठ्यपुस्तक वितरण अभियानलाई सहयोग गर्न सार्वजनिक अपिल गरेलगत्तै प्रधानमन्त्रीदेखि सबै मन्त्रीहरू जिल्ला पुगेर पाठ्यपुस्तक बाँड्नेछन् ।

– अनिश शर्मा गैरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा