2026-11-02 03:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

राप्ती नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बसिरहन आग्रह

असार २९, बाँके | बाँकेको राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बसिरहन स्थानीय प्रशासनले आग्रह गरेको छ । 

नदीमा जलस्तर अहिले धेरै घटे पनि भारी वर्षाको सम्भावना अझै रहेकाले सुरक्षितस्थानमै रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो । 

उहाँका अनुसार, सम्भावित बाढी र डुबानको अवस्थामा नागरिकको उद्धार, आवश्यक उपकरणको व्यवस्था, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीलाई पनि तयारी अवस्थामा राखिएको छ । नदीमा जल प्रवाहकोस्तर खतराको चिन्ह भन्दामाथि आएमा सायरन बजाउने व्यवस्था पनि मिलाएको प्रजिअ भुजेले बताउनुभयो । 

बाँकेका झण्डै २४ हजार नदीय तटिय क्षेत्रका बासिन्दा प्रत्येक वर्ष बाढीको जोखिममापर्ने गरेका छन् । बाँकेको नेपाल—भारत सीमा क्षेत्र नजिक भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध र तटबन्ध बनाएपछि नदी तटिय क्षेत्रका बासिन्दा बाढी र डुबानको जोखिम मोल्न बाध्य भएका हुन् । 

तटबन्ध र बाँधका कारण जिल्लाको होलिया, बेतहनी, फत्तेपुर, टेपरी, घोडियनपुर गाउँका झण्डै पाँच हजार घरधुरीका घरखेत डुबानमा पर्ने गरेका छन् । गत वर्षको बाढी र डुबानमा परी बाँकेमा ८ जनाको मृत्यु भएको थियो भने ठूलो जनधनको क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्कमा उल्लेख छ ।  

एक हजार बिरुवा रोपण

नेपालगञ्ज उपमहानगरपालिका—२३ हिरमिनियास्थित फोहरमैला व्यवस्थापन केन्द्र (ल्याण्डफिल्ड साइड) क्षेत्र वरपर आज करीब एक हजार बिरुवा रोपण गरिएको छ ।  

‘एक कर्मचारी एक विरुवा, एक जनप्रतिनिधि दुई विरुवा’ नारासहित नेपालगञ्ज उपमहानगरपालिकाद्वारा सो क्षेत्रमा विभिन्न जातका विरुवा रोपण गरिएको हो । कार्यक्रममा नगर प्रमुख डा धवल शम्शेर राणाले ल्याण्डफिल्ड साइडको वृक्षरोपणले वातावरण स्वच्छसँगै सुन्दरता पनि बढाउने बताउँदै नेपालगञ्जलाई विकासको उत्कृष्ट नमूना र हरित शहर बनाउने उद्घोष गर्नुभयो । 

नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सरसफाइकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीद्वारा ल्याण्डफिल्ड क्षेत्रको आसपास सगुन, अमला, कोइराला, शितल चिनी र कागती वृक्षरोपण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द