२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तकोशीमा पानीको बहाव घट्दै

३० असार २०७६, सोमबार १०:०८

असार ३०, इनरुवा | सप्तकोशी नदीमा पानीको बहाव क्रमिकरूपमा घट्दै गएको छ । तराई तथा पूर्वी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण बढेको पानीको बहाव अहिले विस्तारै घटदै गएको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताउनुभयो । दुई दिनदेखि वर्षा रोकिएपछि कोशी ब्यारेज भएर बग्ने सप्तकोशी नदीको पानीको बहावमा कमी आएको उहाँले बताउनुभयो । उहाँका अनुसार सोमबार पछिल्लो समय गरिएको मापनअनुसार कोशी ब्यारेजमा एक लाख ९३ हजार ७०५ क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको छ । 

पानीको बहाव घटेपछि अहिले कोशी ब्यारेजको २८ वटा ढोका खुला गरिएको छ । पानीको बहावअनुसार ढोका खुल्ला गर्ने र बन्द गर्ने भएकाले कुन बेला कतिवटा ढोका खोल्ने भन्ने विषयमा आफूहरु अनभिज्ञ रहेकोसमेत सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो ।

केही दिन अगाडि विभिन्न सञ्चारमाध्यममा आफ्नो नाम उद्धृत गरेर भारतीय पक्षको दबाबका कारण कोशी ब्यारेजको ढोका खोल्न नमानेको समाचारमा आफूलाई केही जानकारी नभएको र यो विषय ‘कन्ट्रोल रुम’ले हेर्ने भएकाले आफूलाई कन्ट्रोल रुमबाट आएको जानकारी बाहिर दिने गरेको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । कोशी ब्यारेजमा पानीको बहाव हेरेर ढोका खोल्ने र बन्द गर्ने भएकाले यस विषयमा आफू अनभिज्ञ रहेकोसमेत उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान