2026-06-26 12:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

सांसद प्रदीप यादवले गरे पर्साका बाढी पिडितलाई आर्थिक सहयोग

2019-07-16

असार ३१, पर्सा | प्रतिनिधिसभा सदस्य प्रदीप यादवले पर्साका बाढी प्रभावितलाई आफ्नो एक महीनाको तलब आर्थिक सहयोग गर्नुभएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई आज सांसद यादवले रु ५५ हजार २५० को चेक हस्तान्तरण गर्नुभएको हो । 

बाढी प्रभावितलाई राहत वितरणमा प्रयोग गर्न एक महीनाको तलब बराबरको रकम हस्तान्तरण गरेको सांसद यादवले जानकारी दिनुभयो । उहाँले अत्याधिक वर्षाको कारण आएको बाढीबाट पूरै जिल्ला प्रभावित भए पनि स्थानीय तहबाट हुनुपर्ने राहत वितरण चित्त बुभ्mदो नभएको गुनासो गर्नुभयो ।

सो अवसरमा प्रजिअ भट्टराईले प्राप्त आर्थिक सहयोगले बाढी प्रभावितलाई राहत वितरणमा सहयोग पुग्ने बताउँदै दैवी प्रकोपको यस कठिन घडीमा डुबान प्रभावितलाई सक्दो सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो । असारको अन्तिम साता परेको अविरल वर्षापछि आएको बाढीबाट पर्सामा ४३० भन्दा बढी घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । डुबानमा परेर पर्सामा हलसम्म तीन जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ