२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका एक बालक महाकाली नदीमा बेपत्ता

२०७६, १ श्रावण बुधबार १४:४४

कृष्ण बिष्ट | साउन १, बैतडी | महकाली नदीमा  दाउरा निकाल्न गएका बैतडीका एक बालक बेपत्ता भएका छन । पञ्चेश्वर गाउपालिका वडा नं २ का जनक चन्दका छोरा १२ वर्षीय सन्दिप चन्द बुधबार महाकाली नदीमा दाउरा निकाल्न खोज्दा बगेर बेपत्ता भएका हुन । 

महाकाली नदीले बगाएर ल्याएका दाउरा निकाल्न साथी सँगै गएका सन्दिपलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरक्षक एवम प्रबक्ता दिपक पातलीले जानकारी दिनुभयो । 

बेपत्ता बालकको खोजि कार्य भइरहेको प्रहरीले बताएको छ । पञ्चेश्वर किनारका स्थानियहरु ज्यान जोखिममा राखेर महाकाली नदीले बगाएर ल्याएका दाउरा निकाल्ने गर्दछन ।  

जीर्ण बन्दै कर्णाली पुल

कैलालीको लम्की चुहा नगरपालिका–३ चिसापानीस्थित पूर्वपश्चिम राजमार्गबाट सुदूरपश्चिमलाई जोड्ने कर्णाली नदीको पुल जीर्ण बन्दै गएको छ । 

पर्यटकीय हिसाबले समेत महत्वपूर्ण मानिएको कर्णाली पुल नियमित मर्मत सम्भार तथा रेखदेखको अभावमा जीर्ण बन्दै गएको हो । एउटा मात्रै पिल्लरमा निर्मित केबुल तारयुक्त पाँच सय मिटर लम्बाई भएको नमूना पुल भएका कारण पनि कर्णाली पुल आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षक बन्दै आएको छ ।

२०४९ सालमा निर्माण भएको यो पुल निर्माण भएपश्चात् अहिलेसम्म मर्मतसम्भार तथा रङरोगन हुन सकेको छैन । “पुलका कतिपय ‘नट बोल्टहरु’ खुल्दै गएका (हल्लिएका) छन् भने ‘सपोर्टिङ’ केबुल तार चुँडिएका छन्”, स्थानीयवासी मोहन खाँडले भन्नुभयो, “मर्मतसम्भार तथा रङरोगनको अभावमा पुलका विभिन्न भागमा खिया लागेको छ ।”

तत्कालीन माओवादी द्वन्द्वका क्रममा चिसापानीमा लडाकू र सेनाबीच भीडन्त हुँदा पुलका विभिन्न भागमा गोली लागेर क्षति भएको थियो । गोली लागेर प्वाल परेका निशान अहिले पनि देख्न सकिन्छ । जसका कारण पुल कमजोर बन्दै गएको छ ।

पुलको पूर्वतर्फका तीनवटा तार हावा चल्दा अस्वभाविक रुपमा हल्लिने गरेको लम्की उद्योग वाणिज्य सङ्घका महासचिव लव शाहीले जानकारी दिनुभयो । उहाँले पुलको ब्यालेन्स हेर्नका लागि तारमा जोडिएका ‘बल’ समेत खस्न थालेको बताउनुभयो । “नियमित मर्मतसम्भार र रङरोगन नहुँदा पर्यटकीय महत्व बोकेको कर्णाली पुल जीर्ण बन्दै गइरहेको छ”, महासचिव शाहीले भन्नुभयो, “समयमै मर्मतसम्भार हुन नसके कुनै दिन ठूलो दुर्घटना हुन बेर छैन ।”

चिसापानीस्थित कर्णाली पुल हेर्नकै लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । नेपालका विभिन्न जिल्लासहित भारतको उत्तर प्रदेश र उत्तराखण्डका विभिन्न शहरबाट समेत भारतीय नागरिक चिसापानी पुल हेर्न आउने गर्दछन् । उनीहरु एशियाकै नमूना पुल हेर्नका लागि स–परिवार चिसापानी आउने गरेको बताउनुहुन्छ । चिसापानी आउने कर्णाली पुलमा फोटो खिच्न, कर्णालीको चिसो हावामा रमाउन र कर्णालीका माछाको स्वाद लिनकै लागि यहाँ आउने गर्नुहुन्छ । “चिसापानी आउनेहरु कर्णाली पुलमा एउटा तस्वीर नखिची फर्कन मान्दैनन्”, स्थानीयवासी नेत्र जैसीले भन्नुभयो, “यहाँ आउने कर्णालीको माछा खाएर मात्र जाने चलन छ ।” सुदूरपश्चिम प्रदेशबाट पूर्व जाने लामो तथा छोटो दूरीका सवारीसाधन होस् या पर्यटक चिसापानीमा एक छाक खाना खाने योजना बनाउँछन् । जसका कारण चिसापानीमा होटल व्यवसाय राम्रो चलेको जैसीले बताउनुभयो । 

सरकारले चिसापानीलाई पर्यटकीय क्षेत्रसमेत घोषणा गरेको छ तर पछिल्लो समयमा पुल जीर्ण बनेपछि आकर्षण हराउँदै गएको स्थानीय होटल व्यवसायी नवीन भुजेलले बताउनुभयो । भुजेलले पुलको सुन्दरता हराएसँगै चिसापानीको महत्वसमेत सङ्कटमा पर्ने खतरा रहेको बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा