Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

सिद्धिचरण लोकमार्ग अझै खुल्न सकेन

२०७६, २ श्रावण बिहीबार ०५:००

साउन २, उदयपुर  | उदयपुर जिल्लाको कटारी हुँदै बेतिनी, घुर्मी भएर खोटाङ–ओखलढुङ्गासम्म जोड््ने सिद्धिचरण लोेकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–८ ठाँटीमा अवरुद्ध भएको सडकको ट्र्याक समयमा खुल्न नसक्दा अहिले यस क्षेत्रमा यातायात सञ्चालनमा समस्या हुँदै आएको छ ।

एक हप्ताअघि आएको अविरल वर्षाका कारण सिद्धिचरण लोकमार्गअन्तर्गत कटारीको बेतिनीस्थित ठाँटीमा पहिरोले सडक पुरिएपछि अहिले अर्को नयाँ ट्र्याक खोल्न निकै जटिल बनेका कारण समयमा सो मार्ग खुल्न नसकेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ ।

पुरानो सडक सबै भत्किएर झरेको र केही भाग पहिरोले  पुरिएपछि अहिले सडक डिभिजन कार्यालय सिरहा लाहानको दुई डोजरले सडकको नयाँ ट्र्याक खोल्न शुरु गरेका कारण सो क्षेत्रमा समयमा सडक खुल्न नसकेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताउनुभएको छ ।

एक हप्ताभन्दा लामो समयदेखि यस क्षेत्रमा सडक अवरुद्ध भएपछि अहिले कटारीदेखि बेतिनी घुर्मीसम्म यातायातका साधन आवतजावत गर्न कठिनाइ हुनपुगेको छ भने ओखलढुङ्गा तथा खोटाङ क्षेत्रसँग समेत यातायातको सम्पर्क टुट्न पुगेको कटारीका यातायात व्यवसायी जीवन मगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश