2026-10-27 04:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा आत्मा हत्याको संख्या प्रति वर्ष ५० भन्दा बढि

प्रेम सुनार/मङ्सिर १३, गुल्मी । गुल्मीमा गत तिन वर्ष यताको विवरण हेर्ने हो भने आत्मा हत्या न्युनिकरणका लागि तत्काल यहाँका राजनैतिक दल, विभिन्न संघ संस्था र सरकारी कार्यालय जुट्नु पर्ने देखिएको छ ।

गत तिन वर्ष यता प्रति वर्ष कम्तीमा ५० जनाले आत्मा हत्या गरेको विवरण जिल्ला प्रहरी कार्यालय गुल्मीमा रहेको छ । आर्थिक वर्ष २०६९/०७० मा गुल्मीमा ५२ जनाले आत्मा हत्या गरेका थिए । २०७०/०७१ सालमा ५३ जनाले अत्मा हत्या गरेका थिए । २०७१/०७२ मा ५० जनाले आत्यामा हत्या गरेका थिए भने यस आर्थिक वर्षको ४ महिनाको अन्तराल मै २८ जनाले आत्मा हत्या गरेका छन् ।

आत्मा हत्या गर्नेहरुको उमेर हेर्ने हो र मर्नु अघि उनिहरुले फेशवुक मार्फल लेखेको स्टाडस र तस्वीर देख्ने हो भने आत्मा हत्यालाई खेलाची जस्तो ठानेको पाईएको छ । आत्मा हत्या गर्नेहरु ८४ वर्षिया बृद्ध देखि ११ वर्षिय वालक समेत रहेका छन् । केहि दिन अघि सदरमुकाम तम्घासमा झुण्डीएर आत्मा हत्या गरेकी एक युवतीले मनु अघि म यसरी झुण्डीएर मर्दैछु भन्ने तस्वीर फेशवुकमा राखेको केहि वेरमै ठिक त्यसरी नै गलामा चुन्नीको पासो लगाएर आत्मा हत्या गरेकी थिईन् ।

एक विद्यालयकी शिक्षिका रहेकी उनको आत्मा हत्याको कारण गोप्य राखिएको छ । पछिल्लो ४ महिनामा आत्मा हत्या गर्ने २८ जना मध्ये १२ जना जनजाती समुदायका रहेका छन् । ८ जना दलित समुदयका र ६ जना व्राम्हण समुदायका रहेका छन् । आत्मा हत्या गर्नेहरुमा बढि मात्रमा विवाहित रहेका छन् ।

२८ जनामा १९ जना विवाहित र ९ जना अविवाहित रहेका छन् । विवाहितले बढि मात्रमा आत्मा हत्या गर्नुको कारण वैदेशिक रोजगार पनि एक भएको पाईएको छ । केहि महिना अघि गुल्मीकी एक महिला श्रीमान विदेशबाट आएको दुई दिन नवित्दै आत्मा हत्या गरेकी थिईन् । कुनै महिला आफु स्वयम दोषि हुन त कुनै महिला निर्दोष हँदाहुँदै पनि श्रीमान विदेशबाट आए पछि घरपरिवारले अनेक कुरा लागाई दिने गरेका कारण आत्मा हत्या गर्न बाध्य भएको केहि घटनाले देखाएको छ ।

त्यसो त आत्मा हत्या गर्ने ११ वर्षे वालक देखि १५ वर्षे किशोर समेत रहेका छन् । त्यसता वालक र किशोरहरु विशेषता परिवारले डर त्रास देखाउने तनाव सिर्जना गराउने कारणले पनि आत्मा हत्या गरेको पाईएको छ । २५ जना मध्ये ११ देखि १५ वर्ष सम्मका ४ जना रहेका छन भने त्यो भन्दा माथी ८४ वर्ष उमेर सम्मका २४ जना रहेका छन् ।

ति मध्ये बढि मात्रमा गरिवी, दिर्घ रोगी, पारिवारीक कलह, अनुचित सम्वन्ध र प्रेममा असफल आत्मा हत्याको कारण देखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन्द्र रेग्मीले बताए । उनका अनुसार गत तिन वर्षको अन्तरालमा आत्मा हत्याको सख्या यति धेरै बढे पनि एसएलसी परिक्षामा फेल भएका कारण र प्रेममा धोका खाएका कारण आत्मा हत्या गरेको भने एकदमै कम पाईएको छ ।

२८ जनामा परिक्षामा फेल भएर वा शैक्षिक क्षेत्रमा जुन कुनै हिनतावोधले आत्मा हत्या गर्ने एक जना पनि छैनन भने प्रेममा असफल भएर जम्मा एक जनाले मात्रै आत्मा हत्या गरेका छन् । केहि वर्ष अघि सम्म परिक्षामा फेल र प्रेममा असफल भएर वा अवैध सम्वन्ध राखेर आत्मा हत्या गर्छन भन्ने मान्यता पछिल्लो चरण तोडिएको छ । यि कुराहरु युवा पिढिले पचाउन थालेका छन भन्ने कुराको संकेत मिलेको छ ।

परिक्षामा फेल भए फेरी पास हुन्छु भन्ने सोचको विकास हुँदै गएको पाईएको छ । त्यस्तै पाउनु मात्र माया होईन गुमानु पनि माया हो भन्ने मानसिकताको विकास हुँदै जाँदा प्रेममा असफल हुनेहरुले पनि कुराहरुबाट हरेश खाँदै आत्मा हत्या गर्न छाडेको गुल्मीको आत्मा हत्याको विवरणले देखाएको छ ।

त्यस्तै अवैध सम्वन्ध सार्वजानिक भए पनि त्यसको डटेर सामना गर्दै आत्मा हत्या जस्तो कायरता अपनाउन छडेको पनि देखिएको छ । यसर्थ आत्मा हत्या न्युनिकरणका लागि अव चेतना मुलक कार्यक्रम विशेष गरी गरिवीले आक्रन्त परिवार, दिर्घ रोगी, मादक पदार्थ र अन्य लागु पदार्थको कुलतले जिवन देखि नै निरास भएकाहरु विच बढि सञ्चालन गर्नु पर्ने देखिन्छ ।

गुल्मीमा बढ्दो आत्मा हत्या न्युनिकरणका लागि प्रहरीले यहाँको सवै पक्ष र सञ्चारकर्मीहरु संग मिलेर चेतना मुलक कार्यक्रम सञ्चालनका लागि छलफफलको तयारीमा रहेको जिल्ला प्रहरी प्रमुख रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला