2026-09-13 03:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

नेपाल एयरलाइन्सको उडान स्थगित हुँदा हजयात्री विमानस्थलमै अलपत्र

साउन ४, बाँके | नेपाल एयरलाइन्सको नेपालगञ्ज–काठमाडौँ  उडान स्थगित हुँदा हजयात्री नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका छन् ।

नेपाल एयरलाइन्सको आज ११:५० को नियमित उडानबाट काठमाडौँ जानका लागि करीब २० दिनअघि टिकट लिएका हजयात्री नेपाल एयरलाइन्स विमानको उडान स्थगित हुँदा अलपत्र परेको हजयात्री मोहम्मद उमरले बताउनुभयो ।

उहाँका अनुसार, घरबाट साइत गरी बिदावारी भएर काठमाडौँ उडानका लागि नेपालगञ्ज विमानस्थल पुगेका हजयात्री बोर्डिङपास लिने बेलामा नेपाल एयरलाइन्सको विमानमा प्रविधिक समस्याका कारण उडान रद्द भएको जानकारी गराइएपछि हजयात्री अलपत्र परेका हुन् ।

उहाँले नेपाल एयरलाइन्सको विमान स्थगित हुँदा निजी विमानले सहुलियत दरको टिकट वितरण नगर्दा हजयात्री तीन गुणा बढी मूल्य तिर्न बाध्य भएको जानकारी गराउनुभयो । हजयात्रीलाई आइतबार बिहान १० बजे केन्द्रीय हज समितिमा सम्पर्क राख्नका लागि बोलाइएको कारण बाँकेका हजयात्रीले आज काठमाडौँ जानको लागि गत असार १६ गते नेपाल एयरलाइन्सको सिटी अफिस नेपालगञ्जबाट काठमाडौँका लागि टिकट लिएका थिए । 

नेपाल एयरलाइन्स नेपालगञ्ज विमानस्थलका स्टेशन प्रमुख शङ्कर केसीले विमान विराटनगर उडान गरेको बेलामा प्रविधिक समस्या आएको कारण उडान रद्द गर्नुपरेको जानकारी दिनुभयो । उहाँले नेपाल एयरलाइन्सको विमान नआएपछि अन्य निजी विमानबाट जानका लागि हजयात्रीलाई सहजीकरण गरेको बताउनुभयो । 

हजयात्रामा मक्कामदिना जान बाँकेबाट १६४ जनाले जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत केन्द्रीय हज समितिमा आवेदन गरेकामा यस वर्ष मुस्लिम समुदायका १२३ जना छनोटमा परेका छन् । 

कोटा अभावका कारण यस वर्ष १२३ जनाले मात्र हज गर्न मक्कामदिना जान पाउने भएको केन्द्रीय हज समितिका सदस्य मेराज अहमद हलवाई हिमालयले बताउनुभयो । उहाँका अनुसार, बाँकेका हजयात्रीको टोली साउन ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयर अरेवियाको जहाजबाट साउदी अरबका लागि प्रस्थान गर्ने तालिका रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन