२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको प्रशिद्ध भाडगाउँले सुन्तला वजारमा

२०७२, १३ मंसिर आईतवार ०६:३२

प्रेम सुनार/मङ्सिर १३, गुल्मी । यस हप्ता देखि गुल्मीको प्रशिद्ध भाडगाउँले सुन्तला वजारमा विक्रि गर्न सुरु गरिएको छ । साविकको अर्खले गाविसमा पर्ने हालको रेसुङ्गा नगरपालिकाको भाडगाउँ स्वादिलो सुन्तलाको गाउँका रुपमा सदियौ देखि परिचीत रहेको छ ।

यसर्थ पनि भाडगाउँको सुन्तला वजारमा आयो रे भन्ने सुन्न साथ मानिसहरु तम्घासको चिदिचौरमा आएर किन्दै खाँदै र घाम ताप्दै गर्छन ।

त्यसो त भाडगाउँ भन्न वित्तिकै जिल्लाभरका मानिसहरुले त्यहाँका ठुला दाना भएका सुन्ताल सम्झेर मुख रसाउने गर्दछन् । भाडगाउँमा पहिला पहिला व्यवसायक रुपमा सुन्तला खेती गरिदैनथ्यो । एकादुई परिपारले डोकोमा बोकेर ल्याई तम्घास बजारमा बेच्ने गरे पनि अधिकांसले ब घर आउने मानिसहरु र आफन्तजलाई कोशेलीका रुपमा दिने , पठाउने चलन थियो ।

तस्वीरः भाडगाउँले सुन्तला तम्घासको चिदिचौरमा बेच्दै व्यपारीहरु

तर पछिल्लो पिढिले व्यवसायीक रुपमा सुन्तला खेती गर्न थाले पछि त्यहाँको सुन्तलाले अहिले सदरमुकाम तम्घास देखि पाल्पा, वुटवल र भैरहवा सम्मको वजार पाउन थालेको छ । एउटा सानो गाउँ भाडगाउँबाट मात्र वार्षिक सरदर २० लाख सम्मको सुन्तला विक्रि हुने गर्दै आएकोमा अहिले फुल फुल्ने समयमा असिना परेकोले सुन्तला उत्पादनमा भारी गिरावट आएको त्यहाँका कृषिकहरु ताउ छन् ।

व्यवसायीक सुन्तला खेतीमा अगुवाई गर्दै आएका भाडगाउँका युवा कृषक निरज मरासीनीले गर्त वर्ष सम्म आफुले वार्षिक डेढ लाख आम्दानी लिदै आएकोमा यसपाली त्यसको आधा कम अर्थात करिव ६० ÷७० हजार भन्दा बढिको सुन्तला उत्पादन नभएको बताए ।

भाडगाउँका अन्य अगुवा सुन्तला व्यवसायी थम्मन केसी, पदमलाल पाण्डे, शेरजंग वस्नेत ईन्द्रबहादुर बस्नेत , एमबहादुर जिएम लगायतका दर्जनौ कृषकहरुले पनि यसपाली आधा जस्तो सुन्तला उत्पादनमा कमी आएको बताएका छन् । तर फलेका दानाहरु विगतका वर्षमा जस्तै ठुला र रसिला रहेका छन् । भाडगाउँको सुन्तला राणाकाल र पञ्चायतकालमा ठुल्ठुला भाई भारदाहरु हरुकहाँ समेत कोशेलीका रुपमा जाने गरेको थियो ।

प्रति किलो ६० देखि ८० रुपैयाँ सम्म तम्घासको चिदिीचौरमा भाडगाउँको सुन्तला बेच्दै वसी रहेका छन् यहाँका सडक व्यपारीहरु । स्वादिलो सुन्तालको गाउँका रुपमा चिनिने अर्को गाउँ पिपलधारा, हाडहाडे, भनभने र नयाँगाउ , अर्खलेको वालकाटे लगायतका सुन्तलाहरु अझै पाकी नसकेको बताईएको छ ।

यस वर्ष गुल्मीमा सुन्तला उत्पादन वारे जिज्ञाषा राख्दा जिल्ला कृषि विकास कार्यालयका वागवानी विकास तथा सुचना अधिकृत फटकबहादुर थापाले अधिकांस सुन्तला वोटमै रहेकोले एकिन भन्न नसकिने बताए । उनले भने–‘ यस वर्ष असिना परेका कारण सुन्तलाको उत्पादनमा करिव २५ प्रतिशत गिरावट आउने अनुमान गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालयको विवरण अनुसार गत वर्ष गुल्मीमा २ हजार ७ सय ५० मेट्रिक टन सुन्ताला उत्पादन भएको थियो । त्यसवाट सरदर प्रति किलो ४० का दरल हिसाव गर्दा गर्त वर्ष ११ करोड भन्दा बढिको सुन्तला गुल्मीमा उत्पादन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै