2026-10-27 04:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा पानी तताउने नयाँ प्रविधी भित्रियो

प्रेम सुनार । मंसिर–१५, गुल्मी । भारतिय नाकावन्दीले ईन्धन अभाव भईरहेका बेला सस्तो सुलभ मुल्यको पानी तताउने नयाँ प्रविधी गुल्मीमा भित्रिएको छ । ग्याँस, दाउरा र विद्युतिय साधनबाट भन्दा निकै सस्तो मुल्यमा छिटो पानी तात्ने जस्ता-पाताबाट बनेको प्रविधी गुल्मीको सदरमुकाम तम्घास वाजरमा भित्रिएको हो ।

भारतको कस्मीर लगायतका हिमाली भेगम केहि वर्ष अघि देखि प्रयोगमा ल्याईएको हमाम नामक जस्तापातको उक्त प्रविधीलाई यहाँभने कुनै नाम नदिएर पानी तताउने आधुनिक चुलो भनेर पसलले भन्ने गरेका छन् । उक्त प्रविधि लुम्विनी मेटल ट्रेडर्स, वुटवल ५, गोलपार्कले तम्घासको मिलनचोकस्थित आफ्नो शाखा खोलेर भित्राएको हो ।

थोरै दाउराबाट, दाउरा नभए पातपतिङ्गार वा कागजका टुक्रा त्यस गोलो आकारमा रहेको उक्त मेशिनको बाहिरी भागमा पानी सिंचित हुने थर्मस रहेको छ । त्यसको भित्रि भागमा आगो वाल्ने ठाउँ बनाईएको छ । त्यसै मेशिनमा जडित पाईप मार्फत पानी हाल्ने र अर्को पट्टी रहेको धाराबाट तातो पानी १० मिनेटमा खस्ने गर्दछ ।

२८ लिटर देखि ३५ लिटर सम्म पानी तात्ने उक्त प्रविधिको मुल्य २७ सय देखि ३५ सयसम्म पर्ने गर्दछ । जो चार वर्ष सम्म ढुक्कसंग पानी तताउन सकिने लुम्विनी मेटल ट्रेडर्स तम्घास शाखाका अधिकृत विक्रेता राजेश भण्डारीले बताए । भारतिय नाकावन्दीले ग्याँस चुलाको अभाव र त्यो संगै शहरमा दाउराको चुलोबाट पानी तताउन समस्या हुने कुरालाई मध्येनजर गर्दै सजिलो र सस्तो प्रविधी पहिलोपटक गुल्मी भित्राईएको र भित्रिए लगत्तै धमाधम विक्रि भई रहेको उनको भनाई छ ।

जाडो मौसममा नहुाउन, कपडा धुनका लागि निकै सजिलो उक्त पानी तताउने मेशिन तम्घास नयाँवजारमा रहेको अमर होटल लगायत दर्जनौ होटलहरुले समेत सोही स्थानबाट किनेर प्रयोगमा ल्याएको होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष बुद्ध थापाले जानकारी दिए । उनले भने– ‘नुहाउन मात्र नभई पिउने पानी तताउन समेत होटलवालाहरुलाई समस्या परेपछि उक्त सस्तो र सजिलो प्रविधी यहाँका होटल व्यवसायीहरुले प्रयोगमा ल्याएका छन् । जसका कारण खान पकाउनका लागि समेत ग्याँसको खपत समेत हुँदो रहेछ ।’

विक्रेता भण्डारीका अनुसार यो प्रविधी भारतिय नाकावन्दीले ईन्धन अभाव भएपछि वुटलवको उक्त ट्रेडर्सले भारतिय मिस्त्री ल्याएर बनाएर पहिलो पटक नेपाली वजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला