२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको प्रशिद्ध मुसिकोटेवाजा फेरी पनि प्रथम

२०७२, २१ मंसिर सोमबार १२:२४

w  2

प्रेम सुनार । मंसिर–२१, गुल्मी । गुल्मी महोत्सव लगायत जुन स्थानमा पनि प्रथम हुँदै आएको गुल्मीको प्रशिद्ध मुसिकोटे वाजाले यसपाली पनि एक संस्थाले आयोजना गरेको प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेको छ । वामी विश्व सम्पर्क मञ्च गुल्मीले वामी टक्सारमा आयोजना गरेको नौमति वाजा महोत्सवको प्रतियोगितामा गुल्मी र वाग्लुङ् सम्मका नौमति वाजा समुहलाई पछाडी पार्दै खड्गदेवि नौमति वाजा समुह मुसिकोट प्रथम भएको हो ।

त्यस्तै घरेलु वाजा समुह वामी दोश्रो भएको छ । कुर्घाको समुह तेश्रो भएको छ । विजेताहरुलाई क्रमशः २० हजार १५ हजार र १० हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको छ । त्यस्तै एक जना उत्कृष्ट सहनाई वजाउनेलाई पाँच हजार र प्रतियोगितामा सहभागी सवै समुहलाई ४ हजारका दरले सान्तवना पुरस्कार समेत प्रदान गरिएको छ ।

उनिहरुलाई आयोजक समितिका केन्द्रिय कोषाध्यक्ष बैकुण्ठ रायमाझी, मञ्चका स्थानिय समितिका अध्यक्ष ज्ञानहरी सापकोटा वरिष्ठ लोक गायक वमबहादुर कार्की, जनताका गायकका रुपमा परिचीत जिवन शर्मा लगायतका कलाकाहरुले सम्मान गर्दै मौलिक सांस्कृति संरक्षणमा सवै जुट्न आग्राह गरेका थिए ।

नौमति वाजा महोत्सव गुल्मीमा अहिलेसम्म गरिएका सांस्कृतिक कार्यक्रमहरु मध्ये अहिलेसम्मकै उत्कृष्ट कार्यक्रम भएको वरिष्ठ राष्ट्रिय कलाकारहरुले समेत बताएका छन् । कार्यक्रममा वरिष्ट लोक गायक वमबहादुर कार्कीले दुई दिनसम्म वामी टक्सारको उक्त कार्यक्रममा आफ्ना पुराना गीतहरु गाएर पुरानो पिढीलाई रुहाए भने त्यस्तै अन्य गीतहरु गाएर भरपुर मनोरञ्जन प्रदान गरे । कार्यक्रममा अर्का वरिठ गायक जिवन शर्मा, गायिका मञ्जु पौड्याल, नविन पौड्याल, संगितकार खेम सेन्च्युरे, गायक सन्तु थापा, गायीका अञ्जली केसी, अभि रायमाझी , उमा केसी मोडल सदिक्षा रायमाझी र चर्चित अर्की मोडल विनु खड्का लगायतको वोजोड प्रस्तुती रहेको थियो ।

त्यस कार्यक्रमका परिकल्पनाकार वामी विश्व सम्पर्क समितिका केन्द्रिय कोषाध्यक्ष बैकुण्ठ रायमाझीका अनुसार उक्त नौमति वाजा महोत्सव भुकम्प पिडितहरुको सहयोगार्थ आयोजना गरिएको थियो । वामीविश्व सम्पर्क मञ्जका स्थानिय समितका अध्यक्ष ज्ञानहरी सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चर्चित उद्घोषक मञ्जु पौड्यालको उद्घोषण कार्यक्रमलाई थप भव्य पारेको थियो ।

तस्वीरमा: नौमति वाजा महोत्सवका केहि झलकहरु ।

w 4 w  1

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा