Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २७ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको पहिलो नौमति वाजा महोत्सव (फोटो फिचर)

२०७२, २२ मंसिर मंगलवार १२:२४

प्रेम सुनार/ मङ्सिर २२, गुल्मी । गुल्मी जिल्लामा पहिलो पटक नौमति वाजा महोत्सव विदेशमा कार्यरत वामीवासीले गरेका छन् । वामी विश्व सम्पर्क समिति गुल्मीले वामी टक्सारमा पहिलो पटक नौमति वाजा महोत्सव गरेका हुन् ।

दुई दिन सम्म चलेको महोत्सवमा छिमेकी जिल्ला वाग्लुङ्ग र गुल्मीका विभिन्न गाविसका नौमति वाजाहरु विच प्रतियोगिता गराउँदा प्रशिद्ध मुसिकोटे वाजाहरु प्रथम भएका छन् । खडग देवि कोटमा भुरेराजाको पाला देखि कहलाएका मुसिकोटे वाजा जुन सुकै स्थानमा भएका प्रतियोगितामा प्रथम हुँदै आएका छन् ।

त्यस्तै घरेलु वाजा समुह वामी दोश्रो भएको छ । कुर्घाको समुह तेश्रो भएको छ । विजेताहरुलाई क्रमशः २० हजार १५ हजार र १० हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको छ ।

त्यस्तै एक जना उत्कृष्ट सहनाई वजाउनेलाई पाँच हजार र प्रतियोगितामा सहभागी सवै समुहलाई ४ हजारका दरले सान्तवान पुरस्कार समेत प्रदान गरिएको छ । उक्त पुरस्कार प्रथम नौमति वाजा समुह गुल्मी जिल्ला युकेले प्रायोजन गरेको हो ।

युकेमा रहेर लामो समय देखि नेपाली नौमति वाजा विश्वभर चिनाउँदै आएका समाजका अध्यक्ष ओमप्रसाद थापाको विशेष पहलमा उक्त रकम उपलव्ध भएको आयोजकले बताएका छन् । त्यस्तै दोश्रो पुरस्कार राशी वामी विश्व सम्पर्क समितिका केन्द्रिय कोषाध्यक्ष बैकुण्ठ रायमाझीले गरेका हुन् । तेश्रो पुरस्कार वामीको काफलटोल घर भई युकेमा कार्यरत अशोक जिसीले गरेको र वाँकी रकम आयोजकले गरेका छन् ।

उनिहरुलाई आयोजक समितिका केन्द्रिय कोषाध्यक्ष बैकुण्ठ रायमाझी, मञ्चका स्थानिय समितिका अध्यक्ष ज्ञानहरी सापकोटा वरिष्ठ लोक गायक वमबहादुर कार्की, जनताका गायकका रुपमा परिचीत जिवन शर्मा लगायतका कलाकाहरुले सम्मान गर्दै मौलिक सांस्कृति संरक्षणमा सवै जुट्न आग्राह गरेका थिए ।

नौमति वाजा महोत्सव गुल्मीमा अहिले सम्म गरिएका सांस्कृतिक कार्यक्रमहरु मध्ये अहिले सम्म कै उत्कृष्ट कार्यक्रम भएको वरिष्ठ राष्ट्रिय कलाकारहरुले समेत बताएका छन् ।

कार्यक्रममा वरिष्ट लोक गायक वमबहादुर कार्कीले दुई दिन सम्म वामी टक्सारको उक्त कार्यक्रममा आफ्ना पुराना गीतहरु गाएर पुरानो पिढीलाई रुहाए भने त्यस्तै अन्य गीतहरु गाएर भरपुर मनोरञ्जन प्रदान गरे ।

कार्यक्रमा अर्का वरिठ गायक जिवन शर्मा, गाययिका मञ्जु पौड्याल , नविन पौड्याल, संगितकार खेम सेन्च्युरे, गायक सन्तु थापा, गायका अञ्जली केसी, अभि रायमाझी , उमा केसी मोडल सदिक्षा रायमाझी र चर्चित अर्की मोडल विनु खड्का लगायतको वोजोड प्रस्तुती रहेको थियो ।

त्यस कार्यक्रमका परिकल्पनाकार वामी विश्व सम्पर्क समितिका केन्द्रिय कोषाध्यक्ष बैकुण्ठ रायमाझीका अनुसार उक्त नौमति वाजा महोत्सव भुकम्प पिडितहरुको सहयोगार्थ आयोजना गरिएको थियो ।

वामी विश्व सम्पर्क मञ्जका स्थानिय समितका अध्यक्ष ज्ञानहरी सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चर्चित उद्घोषक मञ्जु पौड्यालको उद्घोषण कार्यक्रमलाई थप भव्य पारेको थियो ।
तस्वीर नौमति वाजा महोत्सवका केहि झलकहरु : तस्बिर: प्रेम सुनार, गुल्मी

gulmi8

gulmi7

gulmi6

gulmi5

gulmi4

gulmi3 gulmi 1

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक सूचना टाँसेर २ बजेसम्म स्थगित विभिन्न देश पठाई दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो नवनियुक्त मन्त्रीद्वय सुधन गुरुङ र महावीर पुनद्वारा सपथ ग्रहण धादिङको गल्छीमा माइक्रो र कार ठोक्किदा ७ जना घाइते स्रोत, समय र अपेक्षाको चापका बीचमा बजेट ल्याइएको छ: अर्थमन्त्री वाग्ले कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै प्रधानमन्त्रीले आएर जवाफ दिनुपर्छ भन्ने हाम्रो अडान कायम छ : वर्षमान पुन प्रतिनिधिसभा बैठक मंगलबारका लागि सारियो हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित प्रधानमन्त्रीको मुखबाट निस्किएको कुरा उहाँको मुखबाट सच्याउन पर्छ: हर्क साम्पाङ शुक्रबारदेखि हराएका बालक पोखरीमा मृत फेला करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की