२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

रुद्रबेणी वामी सडकको स्तरोन्नतीका लागी वामीको एक टोलीले राज्यलाई झकझकाउँदै

१५ माघ २०७२, शुक्रबार १४:२१

अनिश शमौ गैरे बाट/ माघ १५, वामी गुल्मी । बर्षाे देखी बाटो बिग्रिएर यात्रुहरुलाई निकै सास्ती पुगेको भन्दै रुद्रबेणी वामी टक्सार, दरमखोला मोटरबाटाको स्तरोन्नतीको लागी वामीको एक समुहले राज्यलाई झकझकाएको छ ।

नेकपा एमालेका केन्द्रिय सचिव प्रदिप ज्ञवालीको समन्वयमा काठमाडौं पुगेको वामीको नेकपा एमालेको एक डेलिगेसन टोलीले प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्थमन्त्री विष्णु पौडेल लगायतका मन्त्रीहरुलाई भेट गरेको छ । डेलिगेसनका प्रकाश काफ्लेले दिएको जानकारी अनुसार उक्त मोटरबाटाको स्तरोन्नतीको लागी आबश्यक सम्पुर्ण कामहरुको लागी सरकारबाट निर्देशन भईसकेको जानकारी दिनुभयो ।

छलफल कार्यक्रम पश्चात अर्थमन्त्रि पौडेलले सडकलाई आगामी आर्थिक बर्ष सम्म स्तरउन्नती गर्नको लागी १५ करोड तत्काल खर्च गर्ने गरि काम अगाडि वढाउन निर्देशन दिनुभएको र आबश्यक अन्य कुराहरुमा पनि कुनै कमी हुन नदिने समेत उहाँले जानकारी दिनुभयो ।
गुल्मीकै सवै भन्दा व्यस्त सडकको रुपमा चिनिने रिडि रुद्रवेणि वामी टक्सार सडकको लागी प्रत्येक वर्ष थोरै रकम विनियोजन हुने र विनियोजीत रकमको पनि प्रभावकारी काम नभएको आरोप लाग्दै आएको छ।

बर्षाको समयमा बाटो हिलाम्य हुँदा गाडी तथा यात्रुहरुले निकै सास्ती पाउँने गरेका छन भने हिउँदको समयमा पनि बढि धुलो हुनाले उस्तै समस्या हुने गरेको छ । यदि मोटरबाटो स्तरोन्नती हुँने हो भने निकै जनताहरुले सुखको स्वास फेर्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की