2026-11-02 12:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा निर्माण गरेको ६ महिनामै कार्यालय भवन चुहिँदा कर्मचारी र सेवाग्राही मर्कामा

साउन ९, उदयपुर  | त्रियुगा नगरपालिकाको कार्यालयमा निर्माण भएको नयाँ भवन ६ महिनामा नै चुहिन थालेको छ । उदयपुरको गाईघाटस्थित सो नयाँ कार्यालय भवन निर्माण ठेकेदार कम्पनीको लापरवाहीका कारण निर्माण सम्पन्न भएको ६ महिनामै छत फुटेर पानी चुहिन थालेको हो ।

गत पुसमा निर्माणसम्पन्न गरेर माघ महिनादेखि प्रयोगमा आएको भवनको छत फुटेर दैनिक पानी चुहिन थालेपछि कर्मचारीहरुलाई सेवा प्रवाह गर्न समस्या भइरहेको छ । कर्मचारी मात्रै होइन, दैनिक पानी चुहिन थालेपछि सेवाग्राहीहरु समेत प्रभावित भएको नगरपालिकाका सूचना अधिकृत विश्वजीत राईले बताउनुभयो । 

सो भवन सिरहाको बालकी निर्माण कन्स्ट्रक्शन प्रालिले निर्माण गरेको उहाँले बताउनुभयो । शुरुमा भवन ठिकै निर्माणसम्पन्न भए पनि अहिले अचानक पानी चुहिन थालेपछि ठेकेदार कम्पनीले लापरवाही गरेर भवन निर्माण भएको हुन सक्ने नगरपालिकाका कर्मचारीहरु बताउँछन् ।

नगरपालिकाको प्राविधिक शाखा, योजना शाखा, प्रधानमन्त्री रोजगार कार्यक्रम शाखाका कर्मचारीहरु कार्यालयमा बस्न नसक्ने अवस्था आएको तथा सेवाग्राहीहरु कार्यालयभित्र छाता ओढेर बस्नुपर्ने अवस्था आएको नगर कार्यालयका कर्मचारी तथा सेवाग्राहीहरु बताउँछन् । भवन चुहिन थालेको र छतसमेत फुट्न थालेको विषयमा तत्काल नै नगरपालिकाले त्रियुगा नगरपालिका–१६ का वडाध्यक्ष मानबहादुर राईको संयोजकत्वमा एक अध्ययन समितिसमेत गठन गरेको त्रियुगा नगरपालिकाले जनाएको छ ।

यदि भवन निर्माणमा ठेकेदारको लापरवाही देखिन आए सम्बन्धित ठेकेदार कम्पनीलाई पत्रचार गरी पुनः भवनको छत ढलान गर्न लगाइने र क्षतिपूर्तिसमेत भराउन लगाउने नगरपालिकाका सूचना अधिकृत राईले बताउनुभएको छ ।

रु २८ लाखको लागतमा उक्त भवनको निर्माण कार्य गत पुसमा सम्पन्न गरेको नगरपालिकाका कर्मचारीहरुले बताएका छन् ।

व्यापारिक कारोवारमा कमी 

लगातारको वर्षाको कारण आएको बाढी र पहिरोका कारण उदयपुरको मध्यपहाडी र पश्चिमी पहाडी क्षेत्रका विभिन्न सडक तथा बाटाहरु अवरुद्ध हुन पुगेपछि जिल्लाको व्यापारिक केन्द्र कटारी र गाईघाट बजारको कारोवारमा कमी आएको छ । 

यातायात अवरुद्ध भएपछि गाईघाट बजारको व्यापार पचास प्रतिशतभन्दा बढीले कमी आएको व्यवसायीहरुले बताएका छन् ।

गाईघाटका थोक बिक्रेता धर्मप्रसाद महतोले भन्नुभयो, “पन्ध्र–बीस दिनअगाडि सम्म आफ्नो सामानहरु पहाडी क्षेत्रहरुमा दैनिक पच्चीस हजारदेखि पचास हजारसम्मको खरिद हुने गरेको थियो, अहिले सडक बन्द भएपछि दैनिक दुई हजारको हाराहारीमा व्यापार पनि हुन छाडेको छ, व्यापारमा ह्वात्तै कमी आएको छ ।”

अर्का स्थानीय व्यापारी भरत राईका अनुसार वर्षाका कारण पहाडी सडक अवरुद्ध भएपछि अहिले पहाडी क्षेत्रसँग व्यापार सम्पर्क नै टुट्न पुगेको बताउनुभयो । 

त्रियुगा उद्योग वाणिज्य सङ्घ गाईघाटका अध्यक्ष गजेन्द्रकुमार भगतका अनुसार सडक अवरुद्धका कारण व्यापार हुन नसक्दा व्यापारीहरु प्रभावित भएका छन् । सडक अवरुद्ध र यातायात बन्दका कारण पहाडी क्षेत्रसँग गाईघाटको सम्पर्क टुट्दा यस क्षेत्रका आर्थिक कारोवार ह्वात्तै घटेको बताउनुभयो ।

यस्तै जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र कटारी बजारमा पनि अहिले जिल्लाको पश्चिमी पहाडी क्षेत्रसँग जोडिन सबै सडक अवरुद्ध भएका कारण त्यहाँ पनि आर्थिक कारोवार ह्वात्तै घटेकोे कटारीका व्यापारीहरु बताउँछन् ।

कटारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्कर खड्काले कटारीदेखि घुर्मी, बेतिनी, जोड्ने सिद्धिचरण मार्गलगायत कटारी–बाहुनीटार, कटारी–रुपाटार, कटारी–माझखर्क क्षेत्र जोड्ने सबै पहाडी सडक अवरुद्ध हुन पुगेपछि कटारी बजारको कारोबार प्रायः ठप्प भएको बताउनुभयो । 

यसैगरी वर्षाका कारण बाढीपहिरोले गर्दा पहाडी क्षेत्रका अधिकांश सडक अवरुद्ध भएपछि पहाडी क्षेत्रमा दैनिक उपभोग्य समानको अभाव हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द