2026-06-26 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

पर्साको ओरिया खोलाले बगाएकी किशोरीको लास फेला

2019-07-25

साउन ९, वीरगञ्ज | ओरिया खोलाले बगाएर ल्याएको १४ वर्षीया किशोरीको लास पश्चिमी पर्साको जगन्नाथपुर गाउँपालिका–२ मा आज बिहान फेला परेको जानकी टोलस्थित प्रहरी चौकीले जनाएको छ ।

उक्त लास सडेगलेको अवस्थामा रहेकाले पहिचान हुन नसकेको र  यसबारे अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक नवराज कार्कीले बताउनुभयो । यसैगरी मङ्गलबारदेखि आएको अविरल वर्षाका कारण ठोरी गाउँपालिका–३ को रामनगर र बुद्धनगरमा रहेको खानेपानीको पाइप बगाउँदा १५० घरपरिवार प्रभावित भएको ठोरीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । 

चिसापानी भन्ने ठाउँबाट पाइपमार्फत खानेपानी आउने गरेकामा बाढीले सो पाइप बगाएपछि त्यहाँका बासिन्दा आकासेपानी खान बाध्य भएको उक्त कार्यालयका प्रहरी निरीक्षक केदारराज पन्तले बताउनुभयो । वर्षाको भेलले ठाउँ-ठाउँमा बाटो भत्काउँदा बुद्धनगरसम्म मात्र सावारी  साधन चल्ने भएकाले दर्जनौँ गाउँको ठोरीसँग सम्पर्कविच्छेद भएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ