११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

एउटा यस्तो गाउँ: जहाँ रोप्दै नरोपी फल्छ आलु

२ चैत्र २०७२, मंगलवार १३:१७

gulmi arghaप्रेम सुनार/चैत्र२, गुल्मी । गुल्मीको अर्खवाङ्ग गाविसमा यति वेला बारी जोत्नको माचो छ ।

त्यहाँका प्रत्येक कृषकहरुले वारी त जोतेका छन तर केहि रोप्दैनन् र कुनै विउ–विजन पनि छर्दैनन् । टाढाबाट जानेले किन त केहि नरोप्ने तर वारी जोत्ने ? भनेर जिज्ञाषा राखे भने उनिहरुबाट अनौठो कुरा थाह पाउँछन कि त्यहाँ वर्षऔं देखि वारीमा आलुको विउ रोप्नै पर्दैन आफै फल्छ ।

लुम्विनी अञ्चल कै सवै भन्दा अग्लो पहाड अर्थात जमिनी सतह देखि २६ सय ९० मिटर उचाईमा रहेको मदाने लेकको काँखमा रहेको त्यस अर्खवाङ्ग गाउँमा सदियौं देखि मुख्य पेशाका रुपमा त्यसै आलु खेती गरिन्छ । त्यहाँका कृषक प्रेम भट्टराई भन्छन –‘यहाँको आलु खेती रोप्दै नरोपी फल्ने वन तरुल जस्तै हो ।’ उनको अनुसार पिता पुर्खाहरुले रोपेको आलुका बाँकी अंशहरु त्यसै वारीमा रहने गरेको र त्यही वर्षेनी विउ बनेर उमे्रने गरेको हो ।

त्यहाँका गरिव देखि सम्पन्न परिवारको वारीमा दुई चार मुरी देखि ६० मुरी सम्म रोप्दै नरोपी आलु फल्ने र त्यो आलु धान भन्दा महँङ्गो हुने भएकोले कृषकहरु खेत भन्दा वारी किन्न आकर्षित हुने अर्का कृषक तिलबहादुर विक बताउछन् । ‘पहिला पहिला पाथीका हिसावले धान र आलु सौं–साटे आदन प्रदान हुने गर्दथ्यो तर अहिले सदरमुकाम तम्घास देखि वुटवल सम्म अर्खवाङ्गको आलुको माग बढ्दै गए पछि धान भन्दा महँङ्गो बनेको छ र कृषकहरु खेत भन्दा वारी मै रमाउने गरेका छन’– बिकले भने–‘यहाँ धेरै खेत छैन यो वारी नै खेत भन्दा बढि आम्दानीप् दिने जमिन हो ।’

त्यहाँको आलु पुर्णत अर्गानिक भएकोले अत्यन्तै तिख्खर हुने गरेको छ । एकाति कुखरा र परेवाको रस अर्को तिर आलुको रस राखेर स्वाद चाख्दा कुखरा र परेवाको रस भन्दा तिख्खर हुने गर्दछ आलु । अर्खवाङ्गमा यसरी अनौठो प्रकारले फल्ने आलु यस जिल्लामा सदियौं देखि कहलाएको छ । यसलाई देशैभर प्रचार प्रचारमा ल्याई दिन स्थानियवासीको आग्राह छ ।

तस्वीर:यति वेला रोप्दै नरोपी आलु उमार्नका लागि अर्खवाङ्गमा जोतिएको वारी ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु