2026-07-25 02:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

एउटा यस्तो गाउँ: जहाँ रोप्दै नरोपी फल्छ आलु

gulmi arghaप्रेम सुनार/चैत्र२, गुल्मी । गुल्मीको अर्खवाङ्ग गाविसमा यति वेला बारी जोत्नको माचो छ ।

त्यहाँका प्रत्येक कृषकहरुले वारी त जोतेका छन तर केहि रोप्दैनन् र कुनै विउ–विजन पनि छर्दैनन् । टाढाबाट जानेले किन त केहि नरोप्ने तर वारी जोत्ने ? भनेर जिज्ञाषा राखे भने उनिहरुबाट अनौठो कुरा थाह पाउँछन कि त्यहाँ वर्षऔं देखि वारीमा आलुको विउ रोप्नै पर्दैन आफै फल्छ ।

लुम्विनी अञ्चल कै सवै भन्दा अग्लो पहाड अर्थात जमिनी सतह देखि २६ सय ९० मिटर उचाईमा रहेको मदाने लेकको काँखमा रहेको त्यस अर्खवाङ्ग गाउँमा सदियौं देखि मुख्य पेशाका रुपमा त्यसै आलु खेती गरिन्छ । त्यहाँका कृषक प्रेम भट्टराई भन्छन –‘यहाँको आलु खेती रोप्दै नरोपी फल्ने वन तरुल जस्तै हो ।’ उनको अनुसार पिता पुर्खाहरुले रोपेको आलुका बाँकी अंशहरु त्यसै वारीमा रहने गरेको र त्यही वर्षेनी विउ बनेर उमे्रने गरेको हो ।

त्यहाँका गरिव देखि सम्पन्न परिवारको वारीमा दुई चार मुरी देखि ६० मुरी सम्म रोप्दै नरोपी आलु फल्ने र त्यो आलु धान भन्दा महँङ्गो हुने भएकोले कृषकहरु खेत भन्दा वारी किन्न आकर्षित हुने अर्का कृषक तिलबहादुर विक बताउछन् । ‘पहिला पहिला पाथीका हिसावले धान र आलु सौं–साटे आदन प्रदान हुने गर्दथ्यो तर अहिले सदरमुकाम तम्घास देखि वुटवल सम्म अर्खवाङ्गको आलुको माग बढ्दै गए पछि धान भन्दा महँङ्गो बनेको छ र कृषकहरु खेत भन्दा वारी मै रमाउने गरेका छन’– बिकले भने–‘यहाँ धेरै खेत छैन यो वारी नै खेत भन्दा बढि आम्दानीप् दिने जमिन हो ।’

त्यहाँको आलु पुर्णत अर्गानिक भएकोले अत्यन्तै तिख्खर हुने गरेको छ । एकाति कुखरा र परेवाको रस अर्को तिर आलुको रस राखेर स्वाद चाख्दा कुखरा र परेवाको रस भन्दा तिख्खर हुने गर्दछ आलु । अर्खवाङ्गमा यसरी अनौठो प्रकारले फल्ने आलु यस जिल्लामा सदियौं देखि कहलाएको छ । यसलाई देशैभर प्रचार प्रचारमा ल्याई दिन स्थानियवासीको आग्राह छ ।

तस्वीर:यति वेला रोप्दै नरोपी आलु उमार्नका लागि अर्खवाङ्गमा जोतिएको वारी ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक