२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

भेरीमा अस्पतालमा मुटुरोग उपचार सेवा प्रभावित

२०७६, १४ श्रावण मंगलवार ०७:००

साउन १४, बाँके | मुटुरोग उपचारका लागि विसं २०७४ असारदेखि क्थाथ ल्याब सेवा शुरु गरेको भेरी अस्पतालको सेवा पछिल्लो समयमा प्रभावित हुँदै गएको छ । विशिष्टिकृत स्वास्थ्य सेवाअन्तर्गतको मुटुरोग उपचार सेवा सञ्चालनका लागि स्थापना गरिएको भेरी अस्पतालको क्थाथ ल्याब सेवा बजेट र जनशक्तिको अभावका कारण प्रभावित भएको हो ।

भेरी अस्पताल मुटुरोगको उपचार सेवा दिने नेपालको एक मात्र पूर्ण सरकारी अस्पताल हो ।

रु छ करोड ५० लाखको लागतमा अस्पतालमा क्थाथ ल्याब मेसिन जडान गरिएको भएपनि क्याथ ल्याब सञ्चालन गर्न अस्पतालमा नवौँ तहका एक मात्रै मुटुरोग विशेषज्ञ चिकित्सकको दरबन्दी नहुँदा सेवा प्रभावित भएको छ ।

 अस्पतालमै दरबन्दी भएका नवौँ तहका मुटुरोग विशेषज्ञ डा कृष्ण अधिकारीको बढुवा भएर एघारौँ तह (खुला प्रतिस्पर्धाबाट) मा पुगेपछि नवौंँ तहको मुटुरोग विशेषज्ञ पद खाली भएको छ । बढुवा भएका डा अधिकारीको समायोजनका क्रममा वीर अस्पतालमा सरुवा भइसकेको छ । स्वास्थ्य मन्त्रालयले उहाँको ठाउँमा मुटुरोग विशेषज्ञ अझै पठाएको छैन । 

 सेवा सञ्चालन गर्नकै लागि भेरी अस्पतालले मेडिकल अफिसर, स्टाफ नर्स र कार्यालय सहयोगी गरी १६ कर्मचारी करारमा छन् । सेवा सञ्चालनका लागि बजेट निकासा भएर नआएको भन्दै अस्पताल व्यवस्थापनले करारमा राखिएका मेडिकल अफिसर, स्टाफ नर्सहरुलाई यो महीनादेखि तलब भत्ता दिन नसक्ने जनाएको छ । बजेट र जनशक्ति अभावले क्याथ ल्याब सेवा सञ्चालनमा समस्या भएको अस्पतालका प्रमुख डा रुपानन्द अधिकारीले बताउनुभयो ।

“क्याथ ल्याब सञ्चालन भएको दुई वर्ष बितिसक्दा पनि आवश्यक जनशक्ति र बजेटको व्यवस्था नहुँदा मुटुरोग उपचार सेवा सङ्कटमा परेको छ”,अस्पतालका प्रमुख डा अधिकारीले भन्नुभयो, “क्याथ ल्याब सेवामा कार्यरत मेडिकल अफिसर, स्टाफ नर्सहरुलाई तलबभत्ता दिन र अत्यावश्यकीय सामग्रीहरु खरीद गर्न वार्षिक रु एक करोड ५० लाख बजेट आवश्यक पर्छ । यसका लागि सरकारले समयमै जनशक्ति र बजेट व्यवस्था गर्नुपर्छ ।”

“मुटुरोग जस्तो अत्यन्त संवेदनशील उपचार सेवामा बजेट र जनशक्ति नहुँदा यसअघि पनि तनावपूर्ण अवस्थामा काम गर्नुपर्ने बाध्यता थियो”,सरुवा हुनुभएका अस्पतालका प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिष्ट डा कृष्ण अधिकारीले बताउनुभयो । अस्पतालले मुटुरोगका बिरामीको उपचारलाई थप प्रभावकारी बनाउन एन्जियोप्लाष्टी, एन्जियोग्राफी, अस्थायी पेशमेकर राख्ने सेवा पनि सञ्चालन गर्दै आएको छ । 

अस्पतालले हालसम्म १०० भन्दा बढीको एन्जियोग्राफी, १८ बिरामीको एन्जियोप्लाष्टी तथा आठ बिरामीमा अस्थायी पेशमेकर राखेर उपचार गरिसकेको छ । भेरी अस्पतालले काठमाडौँस्थित शहीद गङ्गालाल राष्ट्रिय ह्दयरोग केन्द्रले लिने बराबरकै शुल्क लिएर बिरामीलाई मुटुरोगको उपचार सेवा प्रदान गर्दै आएको छ । 

अस्पतालमा मुटुरोगसँग सम्बन्धित दैनिक ४० बिरामी उपचारका लागि आउने गरेको जनाएको छ । तीमध्ये करीब ७० प्रतिशत उच्च रक्तचापसम्बन्धी बिरामी रहेका छन् । 

अस्पतालमा मुटुको नशा साँघुरो भएका र ह्दयघातसम्बन्धी समस्या भएका करीब १० प्रतिशत बिरामीका साथै जन्मजात मुटुको समस्या भएका, मुटुको चालमा गडबडी भएका, मुटुको वरिपरि पानी भरिएका, मुटुको बाथ रोगसम्बन्धी समस्या भएका बिरामी रहेको अस्पतालले जनाएको छ । अस्पतालले करारमा राखेका मेडिकल अफिसर, स्टाफ नर्स गरी १६ जनालाई २०७६ साउनदेखि तलबभत्ता दिन नसक्ने पत्र थमाएपछि उपचार सेवा थप प्रभावित हुने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह