2026-09-01 03:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

भजन गाएर मन्दिर निर्माण, चौपारी र पौवाको उद्घाटन

बैशाख १४, वामी (गुल्मी) । वामी ६ दाल्कामा रहेको एक आमा समुहको सक्रियतामा निर्माण गरिएको गणेश मन्दिरको आज उद्घाटन गरिएको छ । दाल्कामा रहेको नवदुर्गा भगबती आमा समुहको सक्रियतामा आमा समुहले रातीमा गाँउ घरमा भजन गाउँदै तथा चन्दा संकलन गरि संकलन गरेको रकम बाट सोही मन्दिर निर्माण गरिएको थियो ।

२०७० सालमा निर्माण कार्य शुरु गरिएको मन्दिरको केही समय अगाडी निर्माण कार्य सम्पन्न भएको थियो । साथै आजै कार्यक्रमको अवसरमा रायमाझी कुल देबता समितिको मन्दिरमा संकलित भेटी र रायमाझीहरुको चन्दाबाट निर्माण गरिएको चौपारी समेत उद्घाटन गरिएको छ । उक्त चौपारी रायमाझीहरुले स्वर्गीय रायमाझी पुर्बज हरुको स्मृतिमा सहयोग संकलन गरि निर्माण गरेका हुन । सोही चौपारी निर्माणको लागी रायमाझीलेहरु रु २४ हजार ६ सय रुपैया संकलन गरेका थिए । यस्तैगरी आजै दाल्कामा निर्माण भएको पौवाको समेत उदघाटन गरिएको छ । पौवा निर्माणको लागी हाल जापानमा रहनुभएका समाजसेबी भिम सापकोटाले नगद रु १ लाख ८० हजार सहयोग गर्नुभएको दाल्काका समाजसेबी फन बहादुर रायमाझीले जानकारी दिनुभयो ।

मन्दिर उद्घाटन कार्यक्रममा नवदुर्गा आमा समुहकी अध्यक्ष शष्टि देबी केसीको अध्यक्षता रहेका थियो भने पण्डित उमानन्द पोखरेलको प्रमुख आतित्थ्यता रहेको थियो । भने पौवा निर्माणको लागी अधिकतम सहयोग गर्नुहुने भिम सापकोटाकी ममतामयी माता पुतली सापकोटाको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्नै बक्ताहरुले महिलाहरुले रातीमा अरुको घरमा भजन आएर सहयोग उठाइ यो मन्दिर निर्माण गर्दा सम्म निकै समस्याहरु सामाना गर्न परेको बताएका थिए ।

कार्यक्रममा समाजसेबी तथा बुद्धिजिवि फन बहादुर रायमाझी तथा कमल केसी आयब्याय बिबरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा आमा समुहकी सदस्य रिमा रायमाझीले स्वागत मन्तब्य राख्नुभएको थियो भने मालीका ईग्लिस बोर्डिङ् सेकेन्डरी स्कुलकी शिक्षिका अनिशा रायमाझी केसीले गर्नुभएको थियो । कार्यक्रममा मन्दिरमा निर्माणमा सहयोग गर्नुहुने सहयोगीहरु कमल केसी, खिम बहादुर रायमाझी माइलाबा, महेन्द्र केसी लगायतलाई सम्मान गरिएको थियो ।

– अनिश शर्मा गैरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो