Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बैतडीमा भिरबाट खसेर एक जनाको मृत्यु, नेपाल टेलिकमको टावरमा आगजनि

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कृष्ण बिष्ट | साउन १९, बैतडी | बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । पाटन नगरपालिका ६ को भिटा भिरबाट लडेर पहचिान खुल्न नसकेका अन्दाजी ४३ वर्षीय पुरुषको मत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय पाटनका निमित्त इन्चार्ज बिरभद्र खडायतका अनुसार  करिव २०० मिटर तल भिटा भिरको बिचमा शव अट्कीएको अवस्थामा सव फेला परेको र पहिचान हुन सकेको छैन ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आज  घास काट्ने महिलाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बैतडीमा शुक्रबार राती नेपाल टेलिकमको टावरमा पनि आगजनि

बैतडीको डिलाशैनिय गाउपालिका ४ बलालीमा रहेको नेपाल टेलिकमको टावरमा आगजनि गरिएको छ । शुक्रबार राती अज्ञात समुहले टावरमा आजनी गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

आगलागीबाट टावरका ब्याट्री लगायतका सबै उपकरणहरु जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख  डिल्ली नारायण पाण्डेयले जानकारी दिनुभयो । टावरमा आगजनि गरिएको स्थानिय द्धारा जानकारी प्रप्त भएपछि त्यस तर्फ प्रहरी टोलि गएको थियो ।

टावरमा रहेका उपकरणहरु पुर्ण रुपमा जलेर नस्ट भएको प्रहरीले जनाएको छ । गत बिहिबार जिल्लाको पुर्चाैडी नगरपालिकाका वडा नं २ मा पनि एनसेलको टावरमा आगजनि गरिएको थियो ।